दमकमा आजबाट चाहिँ राष्ट्रिय परिचयपत्र वितरण

दमक, कात्तिक ५

झापाको दमक नगरपालिकाले हिजो कार्तिक ४ गतेबाट वडा वडामा राष्ट्रिय परियचयपत्र वितरण गरिने भन्दै सार्वजनिक सूचना जारी गरेपनि सो दिन पूर्व तयारीसहितको व्यवस्थापनको काम नसकिएकाले आजबाट वितरण थालिएको छ ।

 

भौतिक रुपमै उपस्थित भएर आआफ्नो राष्ट्रिय परिचयपत्र लिन नगरपालिका कार्यालयले सूचना गरे बमोजिम आज वडा नम्बर १, ५, ६ सहितका वडामा परिचयपत्र वितरण गरिएको छ । परिचयपत्र लिन सवैका लागि नगरपालिकाले आव्हान गरेको भएपनि अक्षरका आधारमा अल्फाबेट छुट्याएर पालो गरी वितरणको प्रक्रिया वडाहरुले अघि सारेका छन् ।

 

यस क्रममा कतिपय वडाले एबीसीडी र कतिपयले अआइई का आधारमा वितरणको प्रक्रिया अघि बढाएका छन् । वडा नम्बर १ ले एबीसीडीबाट नाम उठेकाहरुको आज वितरणको काम अघि बढाएको वडाध्यक्ष हरिप्रसाद न्यौपानेले जनाउनु भयो ।
वडा नम्बर १ मा ४ हजार ६ सयको संख्यामा परिचपत्र आएको छ ।

 

परिचपत्र लिन स्वयम् व्यक्ति उपस्थित भई हातका सवै औंलाको बायोमेट्रिक गरिनु पर्ने प्रावधान राखिएको छ ।
रातभरि व्यवस्थापनको काम गरेर विहानैबाट परिचयपत्र वितरण अघि बढाएको वडा नम्बर ६ का कार्यवाहक अध्यक्ष कमल श्रेष्ठले उल्लेख गर्नुभयो । उहाँले २०७७ सालमा खिचेको फोटोको चाँही यो बेला परिचयपत्र आएको जानकारी गराउनु भयो । उहाँले त्यहाँ ३ हजार ५ सय वटा परिचयपत्र कार्ड आएको जनाउनु भयो ।

 

पंजिकरण विभागले जिल्ला प्रशासन कार्यालयबाट कर्मचारी खटाएर परिचयपत्र वितरणको कार्य अघि बढाइएको छ ।
वडा नम्बर ५ ले अआइई बाट नाम उठेकाहरुबाट परिचयपत्र वितरण थालेको छ । वडा कार्यालय परिसर साँघुरो भएकाले स्थानीय दिपीनी आधारभूत विद्यालयमा परिचयपत्र वितरणको काम अघि बढाइएको वडाध्यक्ष इन्द्रबहादुर गुरुङले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो ‘औंलाको बायोमेट्रिक गर्ने एउटै मात्र मेसिन भएकाले थप मेसिन माग गरेर छिटो वितरणको प्रयास गरिनेछ ।’

 

दमक ५ मा ६ हजारको संख्यामा परिचयपत्र वितरण गरिने छ । परिचयपत्र भएपछि धेरै वटा कागजात बोक्न आवश्यक नभएको जानकारी गराइँदा आफुहरुलाई सहजता हुने सेवाग्राहीहरुले विश्वास लिएका छन् । तर त्यसको कार्यान्वयको पक्ष कति सबल हुन्छ भन्ने पनि सँगसँगै प्रश्न खडा भएको कार्ड लिएपछिको प्रतिक्रियामा ५ नम्बर वडाका समाजसेवी हिन्दबहादुर बुढाथोकीले बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो