समाल्बुङ, इलाम कार्तिक ९ ।
इलामको समाल्बुङमा जारी दोश्रो गोरख भेट्रान्स कप फुटबलको उपाधिका लागि दमक -लखनपुर भेट्रान्स र पूर्वेली भेट्रान्स विर्तामोडबीच प्रतिष्पर्धा हुने भएको छ ।
शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा बिर्तामोडले बरमियोक नाम्पिङ सिक्किमलाई ४-३ र दोश्रो सेमिफाइनलमा दमकले युएफसी बुङ्कुलुङलाई १-० ले हराएपछि उनीहरुको भेट फाइनलमा पक्का भएको हो ।
पहिलो सेमिफाइनल खेलमा विर्तामोडलेसुरुवाती ३-० को अग्रता जोगाउन नसक्दा सिक्किम अन्तिम चारबाट पराजित भएको हो ।
ह्रयाट्रिक गर्ने सिक्किमका प्रेम लिम्बु म्यान अफ दि म्याच घोषित भएर पुरस्कृत बन्नु भयो ।
त्यसैगरी दोश्रो सेमिफाइनलमा विकास राईले निणर्ायक गोल गरेपछि दमकले फाइनलमा स्थान बनाएको हो । दोश्रो हाफको १५ औ मिनेटमा राईले गोल गर्नुभएको थियो । अग्रता बनाएको ३ मिनेट नवित्दै दमक ६ खेलाडीमा सिमित भएको थियो । स्ट्राइकर सुवास आङथुपो रातो कार्ड खाँदै मैदान बाहिरिनु भयो । म्यान अफ दि म्याच निणर्ायक गोलकर्ता राई घोषित हुनुभयो ।
फाइनल खेल कार्तिक १० गते हुनेछ ।
गोरख भेट्रान्स कपका संरक्षक राजु बम्जनको अध्यक्षतामा भएको कार्यक्रममा जिसस उपप्रमुख चित्रकला बराइलीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि बराइली र सन्दकपुर खेलकुद विकास समितिका अध्यक्ष रुपेन्द्रराज नेम्वाङले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
गोरख टोल विकास संस्था सूर्योदय नगरपालिका-५ समालबुङको आयोजना र गोरख युनाइटेड क्लबको सहआयोजनामा भएको प्रतियोगिताको विजेताले ७० हजार र उपविजेताले ३५ हजार नगद पाउने छन् । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार व्यवस्था गरिएको छ ।









