जसपा नेपालको झापा समिति पुनगर्ठन प्रक्रियामा

दमक, कार्तिक ११
अशोक राई समूहले पार्टी विभाजन गरेर जनता समाजवादी पार्टीका नाउँमा अलग गतिविधि गरेसँगै जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) को झापा जिल्ला समिति पुनर्गठन गरिने भएको छ ।

 

दमकका आयोजित एक भेलाले आउँदो कात्तिक १४ गते जसपा नेपाल झापा जिल्ला समिति पुनर्गठन गरिने निणर्य गरेको हो ।
दमकमा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य जयराम यादव, प्रदेश अध्यक्ष दिपक याक्खासहित केन्द्रीय सदस्यहरु, प्रदेश पदाधिकारी र सदस्य, लिम्बुवान राष्ट्रिय समिति र मधेश राष्ट्रिय समितिका पधिकारी सहभागी भेलाले जिल्ला पुनर्गठनको मिति तय गरेको मधेश राष्ट्रिय समितिका अध्यक्ष तुलसीप्रसाद राजवंशीले जानकारी दिनुभयो ।

 

अशोक राई समूहले पार्टी विभाजन गरेर जनता समाजवादी पार्टीका नाउँमा अलग गतिविधि गरेसँगै झापा जिल्लामा जसपा नेपाल पुनर्गठन गर्नुपरेको जसपा नेपालका केन्द्रीय सदस्य धिरेन सुब्बा लावतीको भनाइ छ । जिल्ला पार्टी पुनर्गठनसँगै १५ वटै पालिकामा पार्टी समिति पुनर्गठन र पार्टीले सञ्चालन गरेको जनतासँग जसपा नेपाल अभियानलाई प्रभावकारी बनाइने लावतीले बताउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो