संक्रमणबाट हुने जोखिमलाई न्यूनीकरण

भारतबाट विराटनगर आउँदा पीसीआर रिपोर्ट अनिवार्य

 

झापा /
भारतमा तीब्रगतिले फैलिरहेको कोरोना संक्रमणबाट हुने जोखिमलाई न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालयले भारतबाट नेपाल प्रवेश गर्नेहरुले कोरोना विरुद्धको खोप लगाएको प्रमाणपत्र र ४८ घण्टाभित्र कोरोना परीक्षण गरेको रिपोर्ट अनिवार्य गर्ने निणर्य गरेको छ ।

पुस २५ गते बसेको जिल्ला कोरोना व्यवस्थापन समितिको बैठकले जोखिमकै कारण उपभोग्य वस्तुको किनमेलका लागि भारतीय बजार जोगवनी जाने प्रवृत्ति नियन्त्रण गर्ने निणर्य पनि गरेको छ ।

स्वास्थ्य सुरक्षालाई कडाई गरेपनि बैठकले तत्काल कुनैपनि प्रकारको बन्दाबन्दी वा निषेधाज्ञा गर्ने विषयमा भने छलफल गरेको छैन । संक्रमण रोकथाम र नियन्त्रणलाई प्राथमिकता दिँदै भारतबाट हुनसक्ने संक्रमणको जोखिमलाई कम गर्न सीमा क्षेत्रमा परीक्षणलाई तीब बनाउने, एण्टिजेन परीक्षणबाट पोजिटिभ देखिएमा पिसिआर परीक्षण गर्न पठाउने र रिपोर्ट पोजिटिभ आएको खण्डमा अवस्था हेरी आइसोलेसन वा अस्पताल पठाउने प्रवन्ध मिलाउने निणर्य गरेको छ ।

भारतबाट नेपाल प्रवेश गर्नेहरुलाई होल्डिङ सेन्टरमा होल्ड गरिराख्ने र संक्रमित पहिचान भएमा विराटनगरका विभिन्न स्थानलाई आइसोलेनका लागि तयारी अवस्थामा राख्न विराटनगर महानगरपालिकालाई आग्रह गर्ने निणर्य गरेको छ ।

बैठकले विराटनगरको जैन भवन, अतिथि सदन, मारवाडी सेवा सदन, काली मन्दिर, आर.आर.एन.विराटनगरको भवनलाई आइसोलेसन स्थलको रुपमा प्रयोग गर्न महानगरलाई आग्रह गरेको हो ।

कोरोना संक्रमणको जोखिम बढेपनि तत्काल स्वास्थ्य सुरक्षा र सर्तकताका बिषयमा आम नागरिकलाई सचेत गराउने तर्फ बढी जोड दिएको मोरङका सहायक प्रजिअ महेशराज तिम्सिनाले बताए ।

बैठकले अत्यावश्यक काम बाहेक सीमा वारपार नगर्न, स्वास्थ्य सुरक्षाका उपाय अबलम्बन गर्ने, अनिवार्य मास्क प्रयोग नगरे १०० रुपैयाँ जरिवाना गराउने, स्वास्थ्य मापदण्ड उल्लंघन गरे कानुन बमोजिम कारवाही गर्न, र अवस्था हेरेर माघ १ गतेपछि शैक्षिक संस्थाहरु बन्द गर्ने निणर्य गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा रथयात्रा, केके भयो ? केके देखियो ?

यस वर्षको रथयात्रा अघिल्ला वर्षभन्दा भावुकसमेत बनेको थियो। आयोजकले रासुवास्थित भोटेकोशीमा आएको बाढीमा परी दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जलीस्वरूप ठाउँ–ठाउँमा आरती आयोजना गरेको थियो।

बाढी पीडितका लागि ईयूद्वारा ८२ टन राहत सामग्री र थप ५ लाख युरो सहयोग

काठमाडौं ,२० भदौ। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ ईयू ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री

अपर त्रिशूली १ बाट थप एक विदेशीको जीवितै उद्धार

नुवाकोट ,२० भदौ। अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको

पहिरोले घर पुरिएको ११ दिन पछि महिलाको जीवितै उद्धार

नुवाकोट,२० भदौ । नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्द्रिका

त्रिशूली बाढीले बगाएको नुवाकोटको बेलिब्रिज जडान तीव्र, त्रिशूलीमाथि तुइन पनि राख्दै सेना

 काठमाडौं , २० भदौ । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विध्वंशकारी बाढीका कारण ध्वस्त भएको नुवाकोटको एक बेलिब्रिज जडान सुरु भएको

‘हामीलाई दया होइन, जलवायु न्याय चाहिन्छ’ : राष्ट्रसङ्घमा बालेनले उठाउनुपर्ने आवाज

काठमाडौँ , भदौ २०। हामी अहिले पीडामा छौँ। यति ठूलो पीडामा छौँ कि यसपटक नेपालका पहाडहरूबाट बगेको पानीले केवल नदीका किनाराहरू मात्र छोएको छैन। यसले