संक्रमणबाट हुने जोखिमलाई न्यूनीकरण

भारतबाट विराटनगर आउँदा पीसीआर रिपोर्ट अनिवार्य

jogbani-sunsan

 

झापा /
भारतमा तीब्रगतिले फैलिरहेको कोरोना संक्रमणबाट हुने जोखिमलाई न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालयले भारतबाट नेपाल प्रवेश गर्नेहरुले कोरोना विरुद्धको खोप लगाएको प्रमाणपत्र र ४८ घण्टाभित्र कोरोना परीक्षण गरेको रिपोर्ट अनिवार्य गर्ने निणर्य गरेको छ ।

पुस २५ गते बसेको जिल्ला कोरोना व्यवस्थापन समितिको बैठकले जोखिमकै कारण उपभोग्य वस्तुको किनमेलका लागि भारतीय बजार जोगवनी जाने प्रवृत्ति नियन्त्रण गर्ने निणर्य पनि गरेको छ ।

स्वास्थ्य सुरक्षालाई कडाई गरेपनि बैठकले तत्काल कुनैपनि प्रकारको बन्दाबन्दी वा निषेधाज्ञा गर्ने विषयमा भने छलफल गरेको छैन । संक्रमण रोकथाम र नियन्त्रणलाई प्राथमिकता दिँदै भारतबाट हुनसक्ने संक्रमणको जोखिमलाई कम गर्न सीमा क्षेत्रमा परीक्षणलाई तीब बनाउने, एण्टिजेन परीक्षणबाट पोजिटिभ देखिएमा पिसिआर परीक्षण गर्न पठाउने र रिपोर्ट पोजिटिभ आएको खण्डमा अवस्था हेरी आइसोलेसन वा अस्पताल पठाउने प्रवन्ध मिलाउने निणर्य गरेको छ ।

भारतबाट नेपाल प्रवेश गर्नेहरुलाई होल्डिङ सेन्टरमा होल्ड गरिराख्ने र संक्रमित पहिचान भएमा विराटनगरका विभिन्न स्थानलाई आइसोलेनका लागि तयारी अवस्थामा राख्न विराटनगर महानगरपालिकालाई आग्रह गर्ने निणर्य गरेको छ ।

बैठकले विराटनगरको जैन भवन, अतिथि सदन, मारवाडी सेवा सदन, काली मन्दिर, आर.आर.एन.विराटनगरको भवनलाई आइसोलेसन स्थलको रुपमा प्रयोग गर्न महानगरलाई आग्रह गरेको हो ।

कोरोना संक्रमणको जोखिम बढेपनि तत्काल स्वास्थ्य सुरक्षा र सर्तकताका बिषयमा आम नागरिकलाई सचेत गराउने तर्फ बढी जोड दिएको मोरङका सहायक प्रजिअ महेशराज तिम्सिनाले बताए ।

बैठकले अत्यावश्यक काम बाहेक सीमा वारपार नगर्न, स्वास्थ्य सुरक्षाका उपाय अबलम्बन गर्ने, अनिवार्य मास्क प्रयोग नगरे १०० रुपैयाँ जरिवाना गराउने, स्वास्थ्य मापदण्ड उल्लंघन गरे कानुन बमोजिम कारवाही गर्न, र अवस्था हेरेर माघ १ गतेपछि शैक्षिक संस्थाहरु बन्द गर्ने निणर्य गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधिन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाईते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन