दमक, कार्तिक १५
झापा निर्वाचन क्षेत्र नम्बर ५ (ख) का कोशी प्रदेश सांसद होमबहादुर थापालाई पितृशोक परेको छ ।
सांसद थापा तथा नेकपा एमाले केन्द्रीय कमिटी सचिवालय सदस्य गोविन्द थापाका पिता हरिशचन्द्र थापाको ९२ वर्षको उमेरमा दमक ८ स्थित आफ्नै निवासमा बिहीबार बिहान ६ः०० बजे निधन भएको छ । उहाँ लामो समयदेखि अस्वस्थ रहनु भएको थियो ।
स्वर्गीय थापाको पार्थिक शरीरलाई दिउँसो कन्काई माई घाटमा अन्तिम दाहासंस्कार गरिने परिवारले जनाएको छ ।
मृतकका पाँच छोरा र पाँच छोरी छन् । छोराहरु होमबहादुर, बलबहादुर, बुद्धिमान, मनोज, गोविन्द थापा र छोरीहरू लीला ओली, कमला निरौला, अनिता सुवेदी, अम्बिका कार्की, योगमाया भण्डारी रहनु भएको छ । छोरी लीलाका श्रीमान रोमनाथ ओली एमाले केन्द्रीय सदस्य, झापाका इञ्चार्ज तथा दमक नगरपालिकाका पूर्व नगर प्रमुख हुनुहुन्छ ।