दमकमा पनि देवकोटा जयन्ती मनाइयो

दमक, कार्तिक १६
झापाको दमकमा पनि बिहीबार महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औं जन्मजयन्ती मनाइएको छ ।
दमकस्थित साहित्य कला संगम र प्रतिभा निकेतनको संयुक्त आयोजनामा दमक ६ मा रहेको देवकोटाको प्रतिमामा माल्यार्पण गर्दै साहित्यिक कार्यक्रममाझ जन्मजयन्ती मनाइएको हो ।
कार्यक्रमका प्रमुख अतिथि दमक ६ का कार्यवाहक वडाध्यक्ष कमल श्रेष्ठले दमक क्षेत्रमा धेरैजना राष्ट्रिय विभूतिका प्रतिमा रहेको उल्लेख गर्दै सृजना क्षेत्रबाट दमकलाई अझ सिंगार्ने कुरामा आफूहरुले योजना बनाउँदै गरेको बताउनु भयो ।कार्यक्रममा विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ दमक निवासी सुमित्रा बाङ्देलले देवकोटाको सृजना क्षेत्रको उचाई नेपालका लागि गौरबको विषय भएको उल्लेख गर्नुभयो ।

 

दमक प्रज्ञा प्रतिष्ठानका निवर्तमान अध्यक्ष हेमनाथ अधिकारीले देवकोटाको असाधारण प्रतिभाले नेपाललाई विश्वमा चिनाएकोमा नेपालीले गर्व गर्ने ठाउँ बनेको प्रसंग अघि सार्दै देवकोटा असाधारण व्यक्ति भएको चर्चा गर्नुभयो ।

 

कार्यक्रममा, विन्दु दाहाल मूकदर्शक, यादवप्रसाद अधिकारी झाँक्रीखोले, मेघनाथ बन्धु, विवेक क्षेत्री दुलाल, ओमप्रसाद खनालसहितले देवकोटासँग सम्बन्धित कविता प्रस्तुत गर्नुभयो ।

 

 

प्रतिभा निकेतनका पूर्व अध्यक्ष खेमलाल पोख्रेलको बिशिष्ठ आतिथ्यता रहेका थियो । कार्यक्रममा स्रष्टाहरु डा. लेखनाथ न्यौपाने, भूपेन्द्रराज तिम्सिना, दुर्गा काफ्ले , वीरेन्द्र खडका, गोपाल दहाल, प्रकाश भण्डारी , रधुनाथ भण्डारी, लता मिश्र, इन्दिरा भण्डारी, रामकुमार उपाध्याय, हिमाल सुब्बा गुराँस, गणेश गौतम, नारायणकृष्ण भण्डारी, नेत्र दहाल, भक्ता देवी दहाल लगायतको उपस्थिति रहेको थियो ।

 

साहित्य कला संगमका अध्यक्ष विष्णु न्यौपानेको अध्यक्षताको कार्यक्रममा प्रतिभा निकेतनका अध्यक्ष कमलराज भट्टराईले देवकोटाको योगदानका बारेमा चर्चा गर्नुभयो ।

 

देवकोटाका कृतिहरु हालसम्म ८ वटा भाषामा अनुवाद भइसकेका छन् । मुनामदन खण्डकाव्य, शाकुन्तल महाकाव्य सहितका उहाँका दर्जनौं कृतिहरु नेपाली साहित्यका असाधारण कलाकौशलताले भरिपूणर् प्रभावकारी सृजना सन्देश बनेका छन् ।
विसं १९६६ सालमा कात्तिक कृष्ण औँशी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा जन्म भएका देवकोटाको निधन २०१६ साल भदौ २९ गते भएको थियो ।

 

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका उहाँको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी-प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उहाँका सृजनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल