शिवसताक्षीको गाउँको विद्यालयमा ओम शान्ति डेण्टलको निःशुल्क शिविर

दमक, कार्तिक २६
झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ४ मा रहेको पाथीभरा आधारभूत विद्यालयमा सोमबार निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।

 

दमक ५ स्थित बेलडाँगी रोडमा रहेको ओम शान्ति डेण्टलको प्राविधिक सहयोगमा सानो प्रयास यूवा समाजको आयोजनामा सम्पन्न शिविरमा पाथीभराका १ सय ५० जना विद्यार्थीले दाँत परीक्षण गराएका छन् ।

 

झण्डै २ सय जना विद्यार्थी अध्यनरत सो विद्यालयमा दशैं तिहारको लामो विदापछि विद्यालय खुलेकोले सबै विद्यार्थी नआएका कारण शत प्रतिशत विद्यार्थीले दाँतको परीक्षण हुन सकेन ।

 

शिविरपछि प्रतिक्रिया दिँदै अस्पतालका व्यवस्थापक कमल गैरेले भन्नु भयो ‘ग्रामिण क्षेत्रका बालबालिकाहरुमा दाँतको सुरक्षा सम्बन्धीको चेतना कम हुने र त्यसले गर्दा दाँतमा समेत विभिन्न समस्या आउने थाह पाएर त्यहाँ यो शिविर गरिएको हो ।’ शिविरमा परीक्षण गर्दा दाँतमा विभिन्न रोग देखिएको र त्यसको उपचार गर्न ३० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको गैरेले जानकारी दिनुभयो ।

 

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी समेत रहनु भएका कोशी प्रदेशका सांसद राधाकृष्ण खनालले ओम शान्ति डेण्टलमा दाँतका विशेषज्ञ चिकित्सक रहेको र त्यस्ता चिकित्सकलाई नै गाउँ गाउँका शिविरमा लिएर हिडेकोमा प्रशंसा गर्दै भन्नु भयो ‘मेरो पनि दाँतको उपचार गर्ने ठाउँका डाक्टर नै आज हाम्रो गाउँमा आउनु भयो ।’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु

बाहुनडाँगीका किसान हात्ती धपाउन ब्यास्त

झापा , १५ असार ।  दिनहुँ ४०–५० वटा जङ्गली हात्ती छावासहित गाउँ पसिरहेका छन्। चियाबारी र बस्तीमै दिनभर बस्ने हात्तीका कारण स्थानीयहरू ज्यान जोगाउन संघर्ष

कन्काई हस्पिटलमा एक सातासम्म ओपीडी निःशुल्क

बिर्तामोड,१५ असार । बिर्तामोडस्थित कन्काई हस्पिटलले २१औँ वर्षमा प्रवेश गरेको अवसरमा आज असार १५ देखि एक सातासम्म सम्पूर्ण ओपीडी सेवा पूर्ण रूपमा निःशुल्क गरिएको छ।

कन्काई हस्पिटलमा एक सातासम्म ओपीडी निःशुल्क!

बिर्तामोड,१५ असार । बिर्तामोडस्थित कन्काई हस्पिटलले २१औँ वर्षमा प्रवेश गरेको अवसरमा आज असार १५ देखि एक सातासम्म सम्पूर्ण ओपीडी सेवा पूर्ण रूपमा निःशुल्क गरिएको छ।

खासमा दही–चिउराको स्वास्थ्य फाईदा के ? जनस्वास्थ्यविद डा।उप्रेती के भन्नु हुन्छ, जान्नुहोस्

काठमाडौं,१५ असार । असार १५ अर्थात् दही–चिउरा खाने दिन नेपाली संस्कृति र स्वास्थ्य दुवैसँग जोडिएको विशेष अवसर हो । धान रोपाइँको व्यस्त मौसममा शरीरलाई आवश्यक