आइसीसी यू–१९ महिला विश्वकप एसिया छनोट

कप्तान पूजाको उत्कृष्ठ प्रदर्शनमा नेपालको शानदार जित

puja1

दमक, कार्तिक २७
संयुक्त अरब इमिरेट्स ( युएई) मा जारी आइसीसी यू–१९ महिला विश्वकप एसिया छनोट २०२४ अन्तर्गत कुवेतविरूद्ध नेपालकी कप्तान पूजा महतोले उत्कृष्ट प्रदर्शनबाट नेपालले १६५ रनको शानदार जित निकालेको छ ।

 

 

पूजाले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दै शतक र पाँच विकेट लिँदै इतिहास रच्दै आफ्नो टिमलाई शानदार रुपमा जित दिलाउन सफल बन्नु भयो । पूजा नेपालका लागि एकै खेलमा पाँच विकेट लिने र शतक प्रहार गर्ने पहिलो नेपाली महिला खेलाडी समेत बनेर इतिहास रच्नु भएको छ ।

 

 

युएईको अजमानस्थित द सेभेन्स रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि पूजाले खेलमा नटआउट १३० रन जोड्नु भयो । ६९ बल खेल्दा पूजाले १७ चौका प्रहार गर्दा सोनी पाख्रिनले ३३ बलमा २ चौक सहित नटआउट ४३ रन जोडेर पूजालाई राम्रो साथ दिएको देखिन्छ ।

 

पूजा र सोनीबीच नटआउट १५७ रनको साझेदारी भएको थियो । पूजा र सोनीको उत्कृष्ट ब्याटिङसँगै नेपालले २ विकेटको क्षतिमा २१३ रन जोडेको छ । यो नेपाली महिला यू–१९ टोलीले बनाएको अहिलेसम्मकै उच्च स्कोर हो ।

 

 

नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको कुवेत ४८ रनमा आउट भएपछि नेपालले १६५ रनको जित निकाल्न पायो ।

 

 

प्रतियोगितामा नेपालले पहिलो राउन्डको लिग खेलिसकेको छ । जसमा नेपालले कुवेत र थाइल्यान्डलाई पराजित गर्दा आयोजक युएईसँग भने हारेको थियो । नेपालले दोस्रो राउण्डको लिगमा कुवेतलाई हराएपछि फेरि थाइल्यान्ड र युएईसँग खेल्नेछ ।

 

 

प्रतियोगिताबाट एक टोली आगामी जनावरीमा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ । नेपाललाई विश्वकपमा स्थान पक्का गर्न आजको खेल जितेसँगै थाइल्यान्ड र युएई दुवैलाई पराजित गर्नु पर्ने दबाब रहेको देखिन्छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधीन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाइते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन