असोजको बाढी पहिरोको असर

८१९ मध्ये ३६६ सडक र १७ मध्ये १० पुल अस्थायी रुपमा पुनः निर्माण

badhi- pul

दमक, कार्तिक २८
असोजको दोस्रो साता परेको अविरल वर्षासँगै आएको बाढीले देशैभर ४३ राजमार्गको ८१९ स्थानमा सडक अवरुद्ध भएकोमा जसमध्ये हालसम्म ३६६ स्थानमा अस्थायी रूपमा पुनः निर्माण गरिएको छ । क्षति पुगेका १७ मध्ये १० पुलमात्रै अस्थायी हिसावले पुनः निर्माण भएका छन् ।

 

 

अस्थायी रूपमा सडकको पुनः निर्माण भएपछि ३६६ स्थानमा दुइतर्फी रुपमा यातायात सञ्चालन हुन पाएको छ भनें ४५२ स्थानमा एकतर्फी सञ्चालन आएको छ । बाढीले देशैभरका १७ वटा मोटरेबल पुलमा क्षति पुगेको थियो । जसमध्ये १० पुल अस्थायी रूपमा निर्माण सम्पन्न भएका छन् । बाँकी ७ पुल निर्माणाधीन र निर्माण हुने क्रममा रहेको सडक विभागको पुल महाशाखाका प्रमुख ललिजन खनालले जनाउनु भयो ।

 

पूर्वी पहाडी जिल्लालाई तराईसँग जोड्ने ठाँडी-भगवानपुर- लाहान-गाइघाट- खार्पा -सोलु राजमार्ग भनें अझै पनि अवरुद्ध रहेको खनालले बताउनु भयो । यस राजमार्गको उदयपुर र खोटाङ जोड्ने फोक्सिङटार पुल सुनकोशीले बगाएको थियो । सो पुल निर्माण हुन नसक्दा राजमार्ग चल्न सकेको छैन । पुल बगाएको स्थानमा जोड्न सरकारसँग बेलीवृज नभएकाले भारतबाट ल्याउन छलफल गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।

 

उक्त पुल गौरीपार्वती वाईपी जेभी निर्माण कम्पनीले २०७३ चैत २२ गते सम्पन्न गर्ने गरी विसं २०६९ चैत २३ गते ठेक्का सम्झौता गरेर निर्माण गरिरहेको थियो । १० पर्छपछि २०७९ पुस ७ गते उक्त पुलको उद्घाटन गरी यातायात र मालबाहक साधन गुड्न थालिसकेको थियो । ढिलासुस्ती नगरेको भए २ वर्ष अगाडि निर्माण सम्पन्न हुनुपर्ने हो । यप्रोच सडक निर्माणको काम हालसम्म सकिएको थिएन । त्यसकारण अब निर्माण कम्पनीले नै पुनर्निर्माण गरिदिनु पर्ने महाशाखा प्रमुख खनालको भनाइ छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।