सुत्केरीलाई पोष्टिक आहार,

माओवादी केन्द्र मेचीनगरको अभियान, सुत्केरीलाई पोष्टिक आहार, विपन्नको स्वास्थ्य बीमा

 

मेचीनगर । नेकपा माओवादी केन्द्र मेचीनगरले जनमुखी कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ । विगतमा माओवादीले उठाएका एजेण्डा जनतामाझ पुर्याउन नगर पार्टी भिन्न ढंगबाट जनताको घरदैलोमा पुग्ने उद्घोषका साथ तीनवटा महत्वपूणर् अभियान सञ्चालन गर्न लागिएको हो ।

माओवादी केन्द्र मेचीनगर कमिटीले बिहीवार इटाभट्टास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर कार्यक्रम सार्वजनिक गरेको छ । नगर कमिटी अध्यक्ष राजन चिमरियाले पार्टीलाई जनतासँग जोडेर लैजान स्वास्थ्य र कृषि क्षेत्रमा अभियान सञ्चालन गरिने बताए ।

स्वास्थ्य अभियान अन्तर्गत सुत्केरी महिला तथा बच्चालाई सहयोग गरिने अध्यक्ष चिमरियाले बताए । उक्त अभियान पहिलो चरणमा मेचीनगर वडा नंं ७ र १४ मा लागू हुनेछ ।

माघ १ गतेदेखि लागू हुने उक्त कार्यक्रममा ती वडाका सुत्केरी महिलाका निम्ति एक प्याकेट ल्याक्टोनिज, १ केजी घिउ, आधाकेजी हर्लिक्स, गुलियो मिठाइसहित नानीको मुख हेरेर १ सय रुपैयाँ सहयोग गरिनेछ । उनले आमा र बच्चाको अवस्थालाई ख्याल गर्दै पार्टीको तर्फबाट सानो सहयोग गर्ने उद्देश्यका साथ पौष्टिक आहार कार्यक्रम सञ्चालन गरिएको बताए ।

यस्तै, नगर पार्टीले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । यसअघि नगरका विपन्न ५५ घरपरिवारको स्वास्थ्य बिमा गराइसकिएको र आगामी बैशाख महिना भित्र थप ६० परिवारलाई बीमा कार्यक्रममा जोडिने बताइएको छ । मेचीनगर भित्रका गरिब परिवारको पहिचान गरी उनीहरुको निःशुल्क स्वास्थ्य बीमा गरिदिने अध्यक्ष चिमरियाले बताए ।

माओवादी केन्द्र मेचीनगरले श्रमलाई महत्व दिँदै पार्टीका नेता तथा कार्यकर्तालाई रोजगारीमा सामेल गराउने उद्देश्य पनि राखेको छ । पार्टीले कार्यकर्तालाई कृषि क्षेत्रमा जोड्दै व्यवसायमुखी बनाउन लागेको हो । ‘श्रम नगरी हाम्रो जीवन चल्न सक्दैन,’ अध्यक्ष चिमरियाले भने, ‘त्यसैले कृषि क्षेत्रमा सामूहिक लगानी गरेर त्यहाँबाट आम्दानी गर्ने बाटो अब खोज्नुपर्छ ।’

त्यसका लागि ५ विगाहा जमिन लिजमा लिएर सामुहिक कृषि खेती गरिने उनले बताए । उक्त खेती सहकारी मोडलमा सञ्चालन गरिनेछ । त्यसका लागि जग्गा व्यवस्थापन गर्ने काम भइरहेको अध्यक्ष चिमरियाले जानकारी दिए ।

पत्रकार सम्मेलनमा माओवादी केन्द्र मेचीनगरका सचिव ज्ञानेन्द्र घिमिरेले पार्टीको संगठन बलियो बन्दै गएको र नगरका सबै वडामा कमिटी गठन भइरहेको जानकारी दिए ।

कार्यक्रममा बोल्दै नगर सहसचिव कृष्ण कौशलले कोरोना महामारीको तेस्रो लहर सुरु हुँदै गर्दा पार्टीको तर्फबाट त्यसको नियन्त्रण र सचेतनाका लागि नगरपालिकालाई गम्भीर हुन आग्रह गरेको बताए ।

कार्यक्रममा माओवादी केन्द्रका नेता विकास थापा मागर, नगर कमिटी सदस्य होमप्रकाश आचार्य, अनेरास्ववियू क्रान्तिकारीका नेता अभिजित दवाडी, माओवादी केन्द्र मेचीनगरका नेता धर्मराज राजवंशीको उपस्थिति रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इतिहास भएर पुस्तकमा बाँचिरहनु भाइ

इतिहासमा पुस्तक बन्दै खास भयौ तिमी । छोइरहेनि नदेखिने बतास भयौ तिमी । ‘भाइलाई प्रेसरले हान्यो अरे’ भन्ने खबर अचानक सुनियो । भनन्‌न रिंगटा लाग्यो

बृन्दाबन नगरपालिकाद्वारा अतिक्रमित संरचनामा डोजर

रौतहट,४ वैशाख । रौतहटको बृन्दाबन नगरपालिकाले आफ्नो स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी बनाइएका दुईवटा घर शुक्रबार भत्काएको छ । नगरपालिकाको निर्माणाधीन आधुनिक प्रशासनिक भवनको काममा

रामेछापको ऐतिहासिक धोबी बजार फेरियो

रामेछाप,४ वैशाख । गाउँपालिकाको केन्द्र बनेसँगै रामेछापको ऐतिहासिक धोबी बजार बिस्तारै जुरमुराउन लागेको छ । रामेछापको साबिकको १ नं निर्वाचन क्षेत्रको केन्द्र मानिने धोबी बजार

झाडापखालाबाट कसरी बच्ने?

गर्मी महिनामा अरु मौसम भन्दा बढी बिरामी हुने गर्छन भने खानेकुराहरू नै दूषित तथा असुरक्षित भएका कारण पनी गर्मीमा धेरैजसो रोगहरू देखिने गरेका छन ।

मातातीर्थ औँसीमा कलाकारहरुको मार्मिक शब्द

काठमाडौं,४ वैशाख । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन । भावनाले भरिएको यो विशेष दिनमा सर्वसाधारणदेखि कलाकारसम्म सबैले आफ्ना आमाप्रति प्रेम, सम्मान र कृतज्ञता

त्रिचन्द्र क्याम्पसमा उच्च शिक्षामा लगानी वृद्धि माग गर्दै ‘भिक्षाम् देही’ अभियान सुरु

काठमाडौं,४ वैशाख । नेपाल विद्यार्थी संघ र स्वतन्त्र विद्यार्थी युनियन, त्रिचन्द्र क्याम्पस साथै विश्वविद्यालयका विद्यार्थीहरुको संयुक्त आयोजनामा उच्च शिक्षामा सरकारी लगानी वृद्धि गराउन दबाब दिने