सुत्केरीलाई पोष्टिक आहार,

माओवादी केन्द्र मेचीनगरको अभियान, सुत्केरीलाई पोष्टिक आहार, विपन्नको स्वास्थ्य बीमा

 

मेचीनगर । नेकपा माओवादी केन्द्र मेचीनगरले जनमुखी कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ । विगतमा माओवादीले उठाएका एजेण्डा जनतामाझ पुर्याउन नगर पार्टी भिन्न ढंगबाट जनताको घरदैलोमा पुग्ने उद्घोषका साथ तीनवटा महत्वपूणर् अभियान सञ्चालन गर्न लागिएको हो ।

माओवादी केन्द्र मेचीनगर कमिटीले बिहीवार इटाभट्टास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर कार्यक्रम सार्वजनिक गरेको छ । नगर कमिटी अध्यक्ष राजन चिमरियाले पार्टीलाई जनतासँग जोडेर लैजान स्वास्थ्य र कृषि क्षेत्रमा अभियान सञ्चालन गरिने बताए ।

स्वास्थ्य अभियान अन्तर्गत सुत्केरी महिला तथा बच्चालाई सहयोग गरिने अध्यक्ष चिमरियाले बताए । उक्त अभियान पहिलो चरणमा मेचीनगर वडा नंं ७ र १४ मा लागू हुनेछ ।

माघ १ गतेदेखि लागू हुने उक्त कार्यक्रममा ती वडाका सुत्केरी महिलाका निम्ति एक प्याकेट ल्याक्टोनिज, १ केजी घिउ, आधाकेजी हर्लिक्स, गुलियो मिठाइसहित नानीको मुख हेरेर १ सय रुपैयाँ सहयोग गरिनेछ । उनले आमा र बच्चाको अवस्थालाई ख्याल गर्दै पार्टीको तर्फबाट सानो सहयोग गर्ने उद्देश्यका साथ पौष्टिक आहार कार्यक्रम सञ्चालन गरिएको बताए ।

यस्तै, नगर पार्टीले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । यसअघि नगरका विपन्न ५५ घरपरिवारको स्वास्थ्य बिमा गराइसकिएको र आगामी बैशाख महिना भित्र थप ६० परिवारलाई बीमा कार्यक्रममा जोडिने बताइएको छ । मेचीनगर भित्रका गरिब परिवारको पहिचान गरी उनीहरुको निःशुल्क स्वास्थ्य बीमा गरिदिने अध्यक्ष चिमरियाले बताए ।

माओवादी केन्द्र मेचीनगरले श्रमलाई महत्व दिँदै पार्टीका नेता तथा कार्यकर्तालाई रोजगारीमा सामेल गराउने उद्देश्य पनि राखेको छ । पार्टीले कार्यकर्तालाई कृषि क्षेत्रमा जोड्दै व्यवसायमुखी बनाउन लागेको हो । ‘श्रम नगरी हाम्रो जीवन चल्न सक्दैन,’ अध्यक्ष चिमरियाले भने, ‘त्यसैले कृषि क्षेत्रमा सामूहिक लगानी गरेर त्यहाँबाट आम्दानी गर्ने बाटो अब खोज्नुपर्छ ।’

त्यसका लागि ५ विगाहा जमिन लिजमा लिएर सामुहिक कृषि खेती गरिने उनले बताए । उक्त खेती सहकारी मोडलमा सञ्चालन गरिनेछ । त्यसका लागि जग्गा व्यवस्थापन गर्ने काम भइरहेको अध्यक्ष चिमरियाले जानकारी दिए ।

पत्रकार सम्मेलनमा माओवादी केन्द्र मेचीनगरका सचिव ज्ञानेन्द्र घिमिरेले पार्टीको संगठन बलियो बन्दै गएको र नगरका सबै वडामा कमिटी गठन भइरहेको जानकारी दिए ।

कार्यक्रममा बोल्दै नगर सहसचिव कृष्ण कौशलले कोरोना महामारीको तेस्रो लहर सुरु हुँदै गर्दा पार्टीको तर्फबाट त्यसको नियन्त्रण र सचेतनाका लागि नगरपालिकालाई गम्भीर हुन आग्रह गरेको बताए ।

कार्यक्रममा माओवादी केन्द्रका नेता विकास थापा मागर, नगर कमिटी सदस्य होमप्रकाश आचार्य, अनेरास्ववियू क्रान्तिकारीका नेता अभिजित दवाडी, माओवादी केन्द्र मेचीनगरका नेता धर्मराज राजवंशीको उपस्थिति रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापा महिला गोल्डकपको पहिलो सेमिफाइनल आज — पुलिस र संकटा खेल्दै

बिर्तामोड, कात्तिक २१ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार पहिलो सेमिफाइनल खेल हुँदैछ । आज दिउँसो

जेनजीहरुसग ‘वान टु वान’ भेट गरिरहेका छौ : कार्की

उहाँले भन्नुभयो ‘हामीले सबै नेता तथा कार्यकताको तहबाट सबैखाले जेनजीहरुसग वान टु वान भेट गरिरहेका छौ । उनीहरुको भावना के हो भन्ने बुझिरहेका छौ ।

‘माओवादीको एकता एमालेसगै ठीक हुन्थ्यो’: बस्नेत (भिडियो संवाद)

‘एमाले बाहेकको बाम एकता नेपालमा सान्दर्भीक हुँदैन र नेपालमा कम्यूनिष्ट एकता र आन्दोलनलाई सार्थक बनाउने हो भने एमालेसगको एकतानै आजजको आवश्कता हो । ’

विमलाको ह्याट्रिकसँगै त्रिभुवन आर्मी सेमिफाइनलमा

बिर्तामोड, कात्तिक २० । एलभिडी झापा महिला गोल्डकप अन्तर्गत बिहीबार दुधे रंगशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा