‘पूर्णबहादुरको सारङ्गी’ को कमाई ३६ करोड नाघ्यो

दमक, मंसिर ४
हाल सर्वाधिक चर्चामा रहेको‘पूर्णबहादुरको सारङ्गी’ ले हालसम्म ३६ करोड बढी रुपैयाँ कमाई गरेको छ ।

 

कार्तिक १५ देखि प्रदर्शनमा आएको गन्धर्व समूदायको विषयलाई उठान गरिएको कारुणिक सो चलचित्र प्रदर्शनको तेस्रो सातामा पनि आक्रमक कमाई गरिरहेको छ । अहिले ३०० भन्दा धेरै शोसहित प्रदर्शनरत चलचित्रले नेपाली बक्स अफिसमा ३६ करोड बढी आम्दानी पुर्याउन सफल भएको छ । जुन हालसम्म कुनैपनि नेपाली चलचित्र नगरेको कमाई हो ।

 

वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले १८ दिनमा चलचित्रले ३५ करोड ९६ लाख रुपैयाँ कमाएको बताएको छ । आइतबार मात्रै चलचित्रले १ करोड ६० लाख ग्रस गरेको थियो ।

 

विजय बराल, अञ्जना बराइली, मुकुन भुसाल, प्रकाश सपुत, माओत्से गुरुङ, बुद्धि तामाङ, विनोद न्यौपाने, बालकलाकार स्वयम् केसीसहितको अभिनय रहेको सो चलचित्रले बाबुले छोराको भविष्यका लागि गर्ने संघर्ष र त्यागको कथा उठाएको छ ।

 

रोज पौडेलको लेखन र निर्देशनको सो चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता रहनु भएको छ । रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल कार्यकारी निर्माता हुनुहुन्छ । चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारंगी वादन तथा प्रशान्त शिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ ।

 

चलचित्र सेभेन सिज इन्टरटेनमेन्टले १ करोड ३० लाख लगानीमा निर्माण गरेको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।