बोटदेखि बजारसम्म चीनिया व्यापारीको पहुँच

नेपालमा रुद्राक्षको व्यापार वर्षकै २ अर्ब, तर किन ओरालो लागिरहेको छ मूल्य ?

भोजपुर, मंसिर ७
चीनिया व्यापारी फुन आ चेङ बिगत तीन वर्षदेखि नेपाल आउने जाने गर्दै आउनु भएको छ  । नेपाल आउँदा उहाँको धेरै बसाई भोजपुर र संखुवासभाका क्षेत्रहरुमा हुन्छ ।

खासगरी उहाँ नेपाल घुम्नका लागि नभएर रुद्राक्ष किन्नका लागि नेपाल आउनु भएको हो । यसकालागि उहाँले एकजना दोभाषे राख्नु भएको छ । रुद्राक्ष फल्ने भोजपुर, धनकुटा, संखुवासभा लगायत पूर्वी पहाडी जिल्लामा उहाँ घुमिरहनु हुन्छ ।

यी जिल्लाहरुबाट उहाँले हजारौ केजी रुद्राक्ष खरिद गरेर चीन लाने गरेको सुनाउनु भयो । यसरी चीनमा लगिएको रुद्राक्ष त्यहाँका बौद्ध भिक्षुहरुले प्रयोग गर्ने र केही कस्मेटिक सामानको उत्पादनमा प्रयोग गरिने उहाँले बताउनु भयो । रुद्राक्षको गुणस्तरको आधारमा यसको मूल्य निर्धारण हुने पनि उहाँले आफ्नो अनुभव सुनाउनु भयो ।

 

रुद्राक्ष खोज्दै यसरी चीनिया ब्यापारीहरु खेतबारीमै पुग्छन् । कहाँ कस्तो फल्दैछ भन्ने बारेमा उनीहरुले बोट बोटमै गएर लियाल्छन् । अनि यसको चिचिला लाग्दैदेखि त्यसको आकार र स्वरुप कस्तो बनाउने हो त्यहि अनुसारको क्लिप पनि लगाइदिन्छन् ।

उनीहरुको बजारले खोजेको जस्तै आकारमा रुद्राक्ष फलाउन सके राम्रो मूल्य दिन आफुहरु तयार हुने भन्दै किसानहरुलाई उनीहरु आस्वस्त पार्छन् । सुरु सुरुमा रुद्राक्षबाट राम्रो आम्दानी भएपनि जव चीनिया ब्यापारीहरुले रुद्राक्षको बोटमै पहुँच पुर्याउन थाले, तवदेखि भनें यसको गुणस्तर घट्न थालेको र मूल्यमा समेत गिरावट आइरहेको भोजपुर षडानन्द नगरपालिका वडा नम्बर ४ का अगुवा किसान शंकर गिरीले बताउनु भयो ।

यदि यसको दानालाई विभिन्न आकारमा नबदली आफ्नो सुरले प्राकृतिक रुपमै उत्पादन हुन दिँदा यसले राम्रो उत्पादन दियो भने आम्दानी पनि गज्जवकै हुन्छ । कम मेहनत, एकपटकको लगानी, बिना हेरचाह पनि यसले अन्य बालीको भन्दा मनग्य आम्दानी दिने भएपछि किसानहरु पनि यसतर्फ आकर्षित भएको भोजपुरको अरुण गाउँपालिकाकी सविना राईले बताउनु भयो ।

 

सजिलै विदेशी मुद्रा आर्जन गर्न सकिने रुद्राक्षको ब्यापारमा विदेशीको नजर अझ बढेपछि नेपाली व्यवसायी भने हच्किएका छन् । बोटदेखि बजारसम्म चीनिया ब्यापारीको प्रभाव रहेको र यसको उत्पादनदेखि बजारीकरणसम नै उनीहरुको हावी भएका कारण यसले गुणस्तरता र मूल्य समेत पाउन सकिरहेको छैन । यसमा राज्यको तहबाटै रुद्राक्षको विशेष नीति ल्याउन माग राख्नु हुन्छ रुद्राक्ष व्यवसायी संघका केन्द्रीय सदस्य मनोज कटुवाल ।

भोजपुर, धनकुटा, संखुवासभालगायतका जिल्लामा रुद्राक्ष अधिक उत्पादन हुन्छ । यिनै क्षेत्रबाट मात्रै वर्षमा २ अर्ब बढिको कारोबार हुने गरेको छ । तर सरकारले यसलाई न फलफलूलको रुपमा सुचिकृत गरेको छ, न त यसलाई कुनै जडिबुटी नै । रुख प्रजातिमा उत्पादन हुने रुद्राक्षलाई कुन खालको उत्पादनमा सुचिकृत गरेर कार्यक्रम बनाउने भन्नेबारेमा अन्यौलता रहेको छ । यद्यपि कोशी प्रदेश सरकारले रुद्राक्ष खेती गर्ने किसानहरुलाई प्रोत्साहन स्वरुप केही अनुदानको कार्यक्रम भने ल्याएको डिभिजन वन कार्यालय भोजपुरका डिभिजन वन अधिकृत वीरेन्द्र शाहले बताउनु भयो ।

यस क्षेत्रमा उत्पादन भएका रुद्राक्ष चीन हँुदै भारत र अन्य मुलुकसम्म निर्यात हुने गरेको छ । तर यसको निकासीदेखि लिएर अन्य कानुनी झण्झटहरु हटाइदिन र यसलाई समेत नेपालको प्रमुख उत्पादनमा राखी राज्यले प्रवद्र्धन गर्न आवश्यक देखिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि