आमाका दुःख

६३ वसन्त पार गर्न लागेकी भाक्कावाली आमाका दुःख

 

काँकडभिट्टा — सहर मस्त निन्द्रामा हुन्छ । उमेरले ६३ वसन्त पार गर्न लागेकी बिरला राजवंशी बिहान ४ बजे देखि नै ताहुरमाहुर गर्न थाल्छिन् । पानीमा मुछेर फुर्र पारेको चामलको पिठो ढाकीमा राखेपछि सफा कपडाले छोप्छिन् । टाउकामा ढाकी राखेपछि एक हातमा भाक्का पकाउने हलुंगेको भाडो र अर्कोमा दाउराको बिटो च्याप्छिन् र लाग्छिन् काँकडभिट्टातिर । पूर्व-पश्चिम राजमार्गनजिकै भाक्का बेच्ने उनको पुरानो अखडा छ काँकडभिट्टाको पुरानो भन्सारमा । जहाँ तीन दशकदेखि यिनी निरन्तर भाक्का बेच्दै आएकी छिन् ।

जाडो यामका चार महिना विरलाको दैनिकी भाक्का बेचेरै बित्छ । कात्तिकको सिरेटो होस् या मुटु काप्ने पुसे ठिही कुनै पर्वाह हुन्न यिनलाई । निरन्तर भाक्का बेचिरहन्छिन् । ‘भाक्का बेचेर परिवार पाल्न थालेको ३० वर्षभन्दा बढी भइसकेछ,’ राजवंशी लवजमा उनी यिनी विगत सम्झिन्छिन्,‘परिवार पाल्नकै लागि भाक्का बेचेँ, दुःख नगरे के खाने ?’
केही वर्ष अघिसम्म उनी पैदलै पुग्थिन् काँकडभिट्टा । हिजोआज भने सिटी रिक्सा चढेर जान्छिन् । ‘पहिला बल-उमेर थियो हिँडेरै पुग्थेँ, अहिले हिँडन सक्न छाडेँ,’ उनले भनिन् ।

नकलवन्दाबाट बिहे गरेर इँटाभट्टा आइन् बिरला । माइती जमीनदार थिए । राँगा गाडी चढाएर दुलहाको घर पठाएका थिए । बिहेपछि मात्रै यिनले भाक्का बेच्नु पऱ्यो । ‘माइतीमा दुःख थिएन,’ उनले भनिन्, ‘बिहे गरेर आएपछि दुःखका दिन सुरु भए, जीवन चलाउन भाक्का बेच्न थालेँ ।’ परिवार धान्न श्रीमान्को असहयोग भयो । मदिरा र जुवाप्रति मोह भएका श्रीमान्का कारण भाक्काबाटै परिवार धान्नु पर्ने बाध्यता आइलाग्यो उनलाई । ‘जेठो छोरा सानो थियो । कान्छो छोरालाई काखमा च्यापेर पनि भाक्का बेचेँ,’ भावुक हुँदै उनले भनिन्,‘भाडामा भक्भकी उम्लिएको पानीले हैन कि मेरो आँसुको वाफले भाक्का पाकिरहेका छ जस्तो लाग्थ्यो ।’

.नयाँ पर्व ‘भाक्का दिवस’
महँगी बढयो । चारआना, आठानाका भाक्काको भाउ पुग्यो १० रुपैयाँ । फेरि गुलियो भाक्कालाई चिनी, खल्लोलाई अचार । अचारका लागि टमाटर खुर्सानी । पहिला राजवंशी आमाहरु ओखलीमा कुट्थे पिठो । अहिले प्रविधिले सजिलो पाऱ्यो, मिलले कुट्छ अचेल । ‘मिलमा चामल कुटाउन थालेपछि ठूलो दुःखबाट मुक्ति मिलेझै भा’छ,’ मन्द मुस्कानसहित उनले भनिन्,‘ओखलीमा कुट्दाकुट्दै जिन्दगी नै जान्छ जस्तो लाग्थ्यो ।

’ यिनलाई भाक्का पकाउन जीवनभर कसैले सघाएन । ७-८ किलो चामल कुट्ने, दाउरा चिर्ने, भात पकाउने, जंगलबाट दाउरा ल्याउनु उनको दैनिकी नै थियो ।

१२ वर्ष अघि श्रीमान् बिते । छोराछोरी हुर्किसके तर पनि भाक्का बेच्ने कर्म जारी छ उनको । ‘पहिला जस्तो बिक्दैन । अहिले चोकैपिच्छे छ । अहिले पहाडी समुदायले पनि भाक्का बेच्न थाले,’ उनी भन्छिन्।इँटाभट्टा चोकैमा बिहान-बेलुकी भाक्का बेच्न बस्छिन् ७० वर्षकी फूलसरी राजवंशी । कहिलेकाहीँ त भाक्का पारखीको भीड थेग्न यिनलाई हम्मे हुन्छ । कहिलेचाहिँ प्रत्येक सेकेन्ड राजमार्गमा हुँइकिने गाडीले उडाउने धुँवा र धूलो टकटक्याउँदै दिन जान्छ ।

उनले भाक्का बेचेरै श्रीमानसहित ८ जनाको परिवारको गुजारा चलाउँछिन् । ‘कहिले बाह्रदेखि पन्ध्र सयसम्म बिक्री हुन्छ,’ उनी भन्छिन्,‘कहिले त खर्च पनि उठ्न गाह्रो हुन्छ ।’ फूलसरीभन्दा तीन वर्ष जेठी सावित्री राजवंशीले भाक्का बेचेरै सन्तान हुर्काउने, पढाउनेदेखि बिहेवारीसम्म गरिदिन भ्याइन् ।

यो उमेरमा पनि बिहानै उठेर चोकमा भाक्काको पसल थापिहाल्छिन्। भाक्काले परिवारको गुजारा त चलेकै छ, शारीरिक रूपमा पनि यिनलाई स्वस्थ पारेको छ । ‘भाक्काले कर्म सिकायो, कर्मले जीवन जीउन सिकायो,’ मुस्कुराउँदै उनले भनिन् ।जाडो याममा निकै रुचाइने भाक्काकै कारण पछिल्लो समय झापामा ’भाक्का दिवस’ मनाउन थालिएको छ । ५ वर्षअघि बिर्तामोडबाट सुरु भएको भाक्का दिवस मनाउने क्रम पछिल्लो समय शिवगञ्ज, लख्रिगद्दी, राजगढसम्म पुगेको छ ।

भाक्का पूर्वी तराईमा बसोबास गर्ने राजवंशी जातिको परम्परागत खाना हो । जाडो सिजनमा पूर्वका अधिकांस चोक बजारमा भाक्का खान पाइन्छ । बिना मिसावट विशुद्ध चामलको पिठोलाई पानीको बाफमा उमालेर भाक्का बनाइन्छ । अर्गानिक र मिसावटरहित हुने भएकाले भाक्का सबैको रोजाइमा पर्दै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस पथरी शनिश्चरेमा भट्टराईको उम्मेदवारी घोषणा

पथरी, ४ असोज / नेपाली कांग्रेसको पथरी शनिश्चरे नगर अधिवेशनमा निवर्तमान नगर सचिव दुर्गाप्रसाद भट्टराईले नगर सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेसको १५ औं

रियादसहित साउदीका ऊर्जा केन्द्रमा हुथीको मिसाइल–ड्रोन आक्रमणको दाबी

काठमाडौँ , असोज ४ । यमनमा सक्रिय इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित रेड सी तटमा रहेका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रबाट आक्रमण

इरान युद्ध : अमेरिकी सैनिकको मृत्यु संख्यामा प्रश्न, वासिङ्टन पोस्ट र पेन्टागनको फरक दाबी

काठमाडौँ , असोज ४ । इरान युद्धका क्रममा मृत्यु भएका अमेरिकी सैनिकको विवरण ट्रम्प सरकारले लुकाएको वासिङ्टन पोस्टमा प्रकाशित समाचारमा उल्लेख छ ।वासिङ्टन पोस्टले नाम

बलुचिस्तानमा सेनाको कारबाही, ५ लडाकु मारिए, २३ सर्वसाधारण उद्धार

काठमाडौँ , असोज ४ । पाकिस्तानको दक्षिण-पश्चिम बलुचिस्तान प्रान्तमा एक प्रमुख राजमार्गमा भएको सुरक्षा कारबाहीका क्रममा ५ जना लडाकु विद्रोही मारिएको सेनाले जनाएको छ ।

वाग्ले–सीतारमण भेटमा नेपाली झण्डा नदेखिएको विषयमा रास्वपाको स्पष्टीकरण

काठमाडौं , असोज ४ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतकी वित्तमन्त्री निर्मला सीतारमणबीच भएको भेटको तस्वीरमा नेपाली झण्डा नदेखिएको विषयमा स्पष्टीकरण

एन्फा प्रकरण : जोशी र पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ , असोज ४ । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न