बीएण्डसीमा एमबीबीएसको पठनपाठन अघि बढ्दै, पूर्वेलीमा उत्साह

दमक, मंसिर ९
राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त भएपछि झापाको बीएण्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबीबीएसको पठनपाठनको तयारी पूरा गरी विद्यार्थी भर्ना कार्य अघि बढाएको छ । आफ्नै ठाउँमा एमबीबीएस पढ्न पाउने भएकोमा पूर्वका विद्यार्थीहरुमा खुसी छाएको छ ।

 

 

कलेजले आवश्यक जनशक्ति, भौतिक पूर्वाधार र शैक्षिक सामग्रीको व्यवस्था गरिसकेपछि काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा हाल विद्यार्थी भर्ना कार्य सुरु भएको छ । आयोगले बीएण्डसीलाई चालु शैक्षिकसत्रका लागि ५० जना विद्यार्थी पढाउन पाउने सिट निर्धारण गरे अनुरुप विद्यार्थी भर्ना चलिरहेको कलेजका जनसम्पर्क अधिकृत प्रमेश गिरीले जानकारी दिनु भयो । तर कलेजमा एक सय ५० विद्यार्थीलाई सहज रूपमा पठनपाठन गराउने पुग्नेगरीको व्यवस्था मिलाएको उल्लेख छ ।

कलेजले मेचीनगर नगरपालिका-१२ धाइजनमा विद्यार्थीलाई पठनपाठन गराउन पाँचतले ‘बेसिक साइन्स ब्लक’ तयार गरेको छ । उता, ‘क्लिनिकल साइन्स’ का लागि विर्तामोड नगरपालिका-५ स्थित बीएण्डसी हस्पिटलमा व्यवस्था मिलाइएको गिरीले बताउनु भयो ।
सर्वोच्च अदालतले २०८० चैत १३ गते बीएण्डसीलाई सम्बन्धन दिन परमादेश जारी गरेको थियो । अस्पतालसहितको सो कलेज दुर्गा प्रसाईको अगुवाईमा स्थापना भएको हो ।

https://www.facebook.com/share/v/1Aq6C2TSko/

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।