दमक, मंसिर १०
प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ गतेबाट गर्ने चीन भ्रमणबारे सोमबार पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँग परामर्श गर्नुभएको छ ।
पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ लगायतसँग ओलीले परामर्श गर्नु भएको हो ।
प्रधानमन्त्रीले ओलीले उहाँहरुसँग चीनसँग आफ्नो देशले उठाउने विषयमा विषयमा परामर्श लिनु भएको बुझिएको छ ।
प्रधानमन्त्री ओली मंसिर १७ गते चीन भ्रमणका लागि प्रस्थान गर्ने र १८ गते चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।