अनिच्छित गर्भको पीडामा बेवारिसे महिला, कस्ले स्याहार गरिहेको छ ?

दमक, मंसिर १३
दमक अस्पतालको बेड नम्बर १३ । महिलाको एउटा ख्याउटे शरीर तंग्रिने प्रयत्नमा बेडमा लडिरहेको छ । पर्याप्त खान नपाएझैं लाग्ने उनको ओठ मुख पनि सुकेको छ । तर यही छेउमा एकजना हँसिलो बच्चा खेलिरहेको छ । गोरो अनुहार, काला आँखा । जोसुकैलाई पनि देख्ने बित्तिकै बोकिहालौं, खेलाईहालौं जस्तो लाग्छ । कमजोर शारीरिक अवस्थाकी उहाँलाई दमक अस्पतालमा उपचारका लागि ल्याइएको हो ।

 

 

पाँचौ सन्तानको रुपमा छोराको जन्म दिने यी महिलाको परिवर्तित नाम हो माया दर्जी । उमेर करिव ३५ वर्ष । उहाँको घर ठेगाना थाहा छैन । अहिलेसम्म उहाँले जति पनि बच्चा जन्माउनु भयो, कसैको पनि बाबु को हो भन्ने उहाँलाई थाहा छैन ।

 

दमक अस्पतालले दर्जीसँग कुरा गर्दा यो छैटौं सन्तान भएको जानकारी भयो । पछिल्लो पटक दमक नगरपालिकाले सञ्चालन गरेको सेफ हाउसमा बस्दै आउनु भएकी दर्जीलाई अहिलेको सन्तान पेटमा भएको तेस्रो महिनादेखि नै नियमित स्वास्थ्य परीक्षण भइरहेको थियो । अस्पतालको प्र्रत्यक्ष निगरानीमा रहेकोले सकेसम्म आमा र बच्चालाई स्वस्थ बनाउने काम गरेको दमक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट कृष्ण शाहले बताउनु भयो ।

 

छौटौ सन्तानको रुपमा छोरा जन्माउनु भएकी दर्जीको साथमा भने अहिले दुईजना छोराहरु छन् । एकजना दमक अस्पतालको समेत सहयोगमा रहेको बाल आश्रममा राखिएको छ । त्यसपछि जन्मेको छोरो सेफ हाउसमा र अहिले जन्मेको छोरो काखमा छन् । त्यसअघिका सन्तान चाँहि कहाँ छन् दर्जीलाई पनि पत्तो छैन ।

 

दमकको बसपार्कमा वेवारीसे अवस्थामा भेटिनुभएकी दर्जीलाई उद्धार गरेर दमक नगर नगरपालिकाले सेफ हाउसमा राखेको थियो । त्यहाँ राखेपछि दर्जीले आफ्नो सन्तानको हेरचाह गर्न सक्नु भएको छ भने नगरपालिकाले पौष्टिक खानेकुरा समेत प्रदान गरिरहेको नगरपालिकाको महिला तथा बालबालिका शाखाकी अधिकृत सरिता भण्डारीले जानकारी दिनुभयो ।

 

भण्डारीका अनुसार दर्जीको आमा सम्पर्कमा हुनुहुन्छ । आमा समेत वेवारिसे ढंगले सडकमा बसेको थाहा पाएपछि उद्धार गरी अहिले आमा र छोरीलाई नै सेफ हाउसमा राखिएको छ । दर्जीले जन्माएका सन्तानहरु हुर्कदै गएपछि केही केही पुरुषहरु मेरो सन्तान हो भन्दै दावी समेत गर्न आउने गरेको भण्डारीले बताउनु भयो । ‘तर प्रमाण कानुनी प्रमाणबिना हामीले दर्जीको कुनैपनि सन्तान कसैलाई दिएका छैनौंं ।’ भण्डारीको भनाई छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि