विराटनगर, मंसिर १४
कोशी प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले असोजको वर्षामा बाढी र पहिरोले पुर्याएको क्षतिबाट पुनःनिर्माण गर्नका लागि मर्मत संहार तथा पुनःनिर्माण कोष कार्यविधि स्वीकृतसहितका निणर्यहरु गरेको छ ।
प्रदेश सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईले बैठकको निणर्य जानकारी गराउँदै उद्योग तथा कृषि र सहकारी मन्त्रालयमार्फत रकमान्तर गर्ने प्रस्तावलाई स्वीकृत, खानेपानी सिंचाई तथा उर्जा मन्त्रालयको सुख्खा राहत स्यालो ट्यूबवेल सञ्चालन कार्यान्वयन कार्यविधि स्वीकृत गरिएको उल्लेख गर्नुभयो ।
साथै बैठकले केचना कंचनजंघा पर्यटन विकास समिति गठन २०८१ लाई स्वीकृति गरिएको पनि जनाउनु भयो ।