"३३औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस"

अपाङ्गता भएकाहरुको सामुहिक र्याली

दमक, मंसिर १८
दमकमा अपाङ्गता भएकाहरुले बृहत र्याली निकाले छन् । बिभिन्न नारा लेखिएका प्ले कार्ड सहित बोकेर अपाङ्गता भएकाहरु तथा यसमा सरोकार तथा चिन्ता व्यक्त गर्नेहरु र्यालीमा सहभागी भएका थीए । दमक चोक स्थित गोर्खा डिर्पाटमेण्टबाट सुरु भएको र्याली दमक बजार हुदै दमक चोकमै आएर सकिएको थियो ।

समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार, लगायत नारा लेखिएका प्ले कार्ड बोकेर कोहि ह्लि चियर त कोहि बैशाखीको सहारामा र्यालीमा सहभागी भएका थीए ।

आज ३३औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर रहेकोले र्याली निकालीएका राष्ट्रिय अपाङ्गता महासघंका केन्द्रिय सदस्य मदन बोहोराले जानकारी दिनु भयो ।

संयुक्त राष्ट्र संघले सन् १९९२ बाट हरेक वर्ष ३ डिसेम्बरमा अन्तर्राष्ट्रिय अपांगता दिवस मनाउने घोषणा गरेको थियो ।
संयुक्त राष्ट्रसंघले यस वर्षको नारा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने तय गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा कूल जनसङ्ख्याको १६ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन् ।
अपाङ्गता भएका व्यक्तिहरूको तथ्यांक प्रतिवेदन अनुसार स्वास्थ्य क्षेत्रको नेतृत्वमा नगण्य पहुँच, शिक्षा तथा रोजगारबाट अपाङ्गता भएका व्यक्ति बञ्चित छन् ।

सो प्रतिवेदन अनुसार नेपालको कूल जनसङ्ख्याको दुई दशमलव दुई प्रतिशत अर्थात् ४७ हजार सात सय ४४ जना अपाङ्गता भएका व्यक्ति छन् । जनगणनाको प्रतिवदेन अनुसार कूल परिवारमध्ये तीन दशमलव एक प्रतिशत परिवारका मुली अपाङ्गता भएका व्यक्ति छन् ।

 

अपाङ्गता भएका व्यक्तिको साक्षरता दर भने ५० दशमलव एक प्रतिशत रहेको राष्ट्रिय जनगणनामा उल्लेख गरिएको छ । यस्तै अपाङ्गता सम्बन्धी विद्यमान ऐन कानुनको निर्माण तथा त्यसको कार्यान्वायनका बारेमा दमकमा पत्रकार सम्मेलन मार्फत जानकारी समेत गराइएको थियो ।

Share: