"प्रधानमन्त्री ओलीको चीन भ्रमण"

बीआरआई सहकार्यको फ्रेमर्वकमा हस्ताक्षर, नेपाललाई लाभ हुने

दमक, मंसिर १९
चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियिटिभ (बीआरआई) बाट नेपाललाई लाभ पुग्ने बताउनु भएको छ । यस सन्दर्भमा आज बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर समेत भएको छ ।

 

चीनको पेकिङ विश्वविद्यालयमा यसअघि बिहान भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको विकासमा चीनको दरिलो साथ भइरहेको अवस्थामा बीआरआईमार्फत नेपाललाई लाभ पुग्ने बताउनु भएको थियो । चीनिया राष्ट्रपति सी जिनफिङको दुरदर्शी नेतृत्वमा सुरु भएको बीआरआई परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध अझै गाढा हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

 

 

आगामी सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्ने छ । सो अवसरमा दुई देशमा उच्चस्तरीय भ्रमण आदानप्रदान भइ पारस्परिक सम्बन्धमा नयाँ आयाम थपिने समेत प्रधानमन्त्री ओलीको विश्वास छ ।

 

ओलीले नेपाल र चीन दुवै प्राचीन ज्ञानका भूमि भएको बताउँदै आपसी सम्बन्ध पुरानो र प्रगाढ भएको समेत अभिव्यक्ति दिनु भयो ।

Share: