झापाका दुई ठाउँका गौहत्या विरुद्ध ६ जनामाथि मुद्धाको प्रक्रिया

दमक, मंसिर १९
झापाको कनकाई र अर्जुनधारामा गौहत्याको आरोपमा पक्राउ परेका ६ जनामाथि बिर्तामोड प्रहरीले पशुपंछीसम्बन्धी ऐनअनुसार मुद्धाको प्रक्रिया अघि बढाएको छ ।

 

मंसिर ११ गते कन्काई ३ टप्पुमा गाई काटेको आरोपमा पक्राउ परेका बाह्रदशी गाउँपालिका वडा नं. ४ बस्ने ४६ वर्षीय बुधन आलम, आलमकी श्रीमती ३९ वर्षीया कुरेसा खातुन, भारत किसनगञ्ज ठेगाना भई हाल कनकाई ३ बस्ने २० वर्षीय दिलवर हुसेन, हुसेनकी श्रीमती १९ वर्षीया महिदा खातुन र कनकाई -४ बस्ने २१ वर्षीय मोहम्मद मुन्ना आलममाथि प्रहरीले मुद्धाको प्रक्रिया अघि बढाएको हो ।

 

मंसिर १३ गते अर्जुनधारामा भएको गौहत्याको घटनामा संलग्न अर्जुनधारा- ४ का ५० वर्षीय राम तामाङलाई पनि प्रहरीले पक्राउ गरी मुद्धाको प्रक्रिया अघि बढाएको छ । फरार रहेका अन्दाजी ५५ वर्षीय सन्तबहादुर मोक्तान तामाङको भनें खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

पक्राउ परेका ६ जनामाथि झापा जिल्ला अदालतबाट पशुपंछीसम्बन्धी ऐन (गाई गोरु मार्न नहुने) कसुरमा म्याद थप गरी सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

https://www.facebook.com/share/r/1DBWKR5i4y/

Share: