दमक , मंसिर १९
झापाको गौरादहमा गएराति आगलागी हुँदा ६ वटा चौपाया जलेर मर्नुका साथै १५ लाख बढी रकम बराबरको क्षति भएको छ ।
गएराति ११ः४५ बजे गौरादह नगरपालिका वडा न.४ डोरामारी बस्ने खड्गबहादुर कार्कीको जस्तापाताको छानो, सिमेन्टको पिल्लर भएको एकतले ग्वालीमा भएको आगलागीबाट ग्वालीमा रहेको एउटा खसी, एउटा माउबाख्रा तीन वटा पाठापाठी र एउटा गाईको बाच्छी जलेर मरेको हो ।
आगलागीबाट एउटा गाई जलेर घाइते भएको छ । ग्वालीमा रहेका दुईवटा मोटरसाइकल, अन्नपात पूणर्रुपमा जलेर नष्ट हुँदा अन्दाजी १५ लाख मूल्यबराबरको क्षति भएको जिल्ला प्रहरी कार्याल्य झापाले जनाएको छ ।
प्रहरी चौकी महारानीझोडाबाट खटिएका प्रहरी, गौरादह नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा राति १२.४० बजे आगो पूणर्रुपमा नियन्त्रणमा आएको थियो ।
https://www.facebook.com/share/r/18S8Vbv9bZ/