नेपाली चलचित्र उतारेर हिन्दी चलचित्र ‘पुष्पा २’ लाई शो

film pushpa2

दमक, मंसिर २०
आज बिहीबारबाट प्रदर्शनमा आएको दक्षिण भारतीय चलचित्र ‘पुष्पा २’ ले नेपालका हलहरु कब्जा गरेको छ ।

 

हल सञ्चालकहरुले दर्शकको रोजाइमा परिरहेका नेपाली चलचित्रहरु उतारेर ‘पुष्पा २’ लाई ऐतिहासिक संख्यामा शो दिएका छन् ।

 

दशैंयता नेपाली चलचित्रहरुले हलहरुमा उच्च व्यापार गरिरहेका थिए । ‘छक्कापञ्जा ५’, ‘१२ गाउँ’, हुँदै ‘पूणर्बहादुरको सारंगी’ सम्म आइपुग्दा हलहरुले करोडौंको ब्यापार गरेका छन् । अहिले पनि हलमा ‘पूणर्बहादुरको सारंगी’ सँगै ‘ह्रस्व-दीर्घ’ र ‘तेल भिसा’ चलिरहेका थिए, तर हलहरुले यी तीनवटै नेपाली चलचित्रलाई नगण्य शो दिएर हिन्दी चलचित्र ‘पुष्पा २’ लाई अधिक शो दिएका छन् ।

 

देशभरका १६६ हलमा ‘पुष्पा २’ ले ५९१ शो पाएको छ । नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले यस चलचित्रलाई काठमाडौंभित्र मात्रै ८१ शो दिएको छ । बिहान ४ः३० देखि राति १२ बजेसम्मको शो दिइएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधीन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाइते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन