दमक, मंसिर २०
झापाको दमक ५ बेलडाँगी रोडमा रहेर दाँतको उपचारमा आफूलाई चिनाउँदै आएको ओम शान्ति डेण्टल हस्पिटलले आफूलाई समाज सेवाको क्षेत्रमा पनि चिनाउँदै लगेको छ । यसक्रममा पछिल्लो पटक दमक ३ बेलडाँगीस्थित मनकामना एकेडेमीका विद्यार्थीहरुलाई निःशुल्क दन्त परीक्षण शिविर सञ्चालन गरेको छ ।
झापाका विभिन्न ठाउँमा विद्यालयमा दाँतको निःशुल्क शिविर सञ्चालनका क्रममा मनकामनाका २ सय जना विद्यार्थीले दाँतको परीक्षण गराएका छन् । त्यसमध्ये १० जनाको दाँत खोलिएको हस्पिटलका व्यवस्थापक कमल गैरेले जनाउनु भयो ।
हस्पिटलका डाक्टर किस्मिता श्रेष्ठको अगुवाईको प्राविधिक टोलीले दाँतको परीक्षण गरेको हो । कार्यक्रम एकेडेमीका तारा गुरागाईंको अध्यक्षतामा सम्पन्न भयो ।