१८ महिनापछि देउवालाई जिम्मेबारी हस्तान्तरण गर्ने ओलीको प्रष्टोक्ति

काठमाडौं, मंसिर २०
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले १८ महिना सरकार चलाएपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नो जिम्मेबारी हस्तान्तरण गर्ने प्रष्ट्याउनु भएको छ ।

 

 

चीन भ्रमणबाट स्वदेश फर्किने क्रममा बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीले ‘के अब तपाईंको प्रधानमन्त्रीको कार्यकाल लम्बिएको हो ?’ भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री ओली सो कुरा बताउँदै आफू सत्ताका लागि लिप्त हुन्छ व्यक्ति नभएको जनाउनु भयो ।

 

 

त्यस क्रममा प्रधानमन्त्री ओलीले भन्नु भयो ‘त्यसपछि डेढ वर्षसम्म देउवाजीले सरकार चलाउनु हुन्छ । २०८४ को निर्वाचन पनि उहाँले गराउनु हुन्छ । आफूहरुबीच चुनावसम्मको मात्र सहमति भएको छ ।’

 

उहाँले ०८४ को निर्वाचनमा आफ्नो पार्टी एमालेले बहुमत ल्याउनेसम्मको धारणा राख्नु भयो । साथै उहाँले चीन भ्रमण उपलब्धिमूलक भएको समेत जनाउनु भयो ।

 

Share: