नेपालीहरु स्वदेश फर्किन थाले

लकडाउनमा आत्तिएका नेपाली कोरोना फैलिएसँगै भारतबाट फर्किन थाले

पछिल्लो समय भारतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिन थालेपछि नेपालको पश्चिमी सिमानाकाबाट स्वदेश फर्किनेको लर्को लाग्न थालेको छ।
भारतमा कोरोना भाइरसको तेस्रो लहर तीब्र बन्दै गएपछि रोजगारीका लागि त्यहाँ गएका नेपालीहरु स्वदेश फर्किन थालेका हुन्।

भारतमा कोरोना संक्रमण फेरि तीब्र बनेपछि लकडाउन भएर बिचल्लीमा परिने हो कि भन्ने त्रासले आफूहरु फर्किन बाध्य भएको दार्चुलाको मालिकार्जुनका सुरेन्द्र सिंह सामन्तले बताए।

‘कामको खोजीमा दिल्ली गएको थिएँ’, सामन्तले नेपालखबरसँग भने, ‘अहिले फेरि त्यता कोरोना संक्रमण बढिरहेको छ। त्यसैको त्रासका कारण घर फर्किएको हुँ।’

बाजुराका हरि रोकायाले कोरोनाका कारण काम बन्द हुने स्थिती सिर्जना भएकोले स्वदेश फर्किएको बताए।
‘कोरोना बढ्न लाग्यो भनेर फेरि काम बन्द हुने, लकडाउन हुने हल्ला छ’, उनले भने, ‘कोरोनाकै कारण यसअघि घर आउनै धेरै दुःख गर्नु परेको थियो। अझै पनि त्यस्तै हुन्छ कि भन्ने डरले घर फर्किएको हुँ।’

जीविकोपार्जन गर्न कामको खोजीमा भारतको दिल्ली, पञ्जाब, महाराष्ट्र, गुजरात र देहरादून लगायत सहर गएका नेपालीहरु धमाधम स्वदेश फिर्ता हुन थालेका हुन्। अहिले कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट दैनिक १५ सयदेखि २ हजारको हाराहारीमा नेपालीहरु स्वदेश फिर्ता भइरहेका छन्।
पछिल्लो समय भारतबाट घर फर्किनेको संख्या बढेको छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले भने, ‘दैनिक १५/२ हजार मानिस स्वदेश भित्रिरहेका छन्।’

यसरी फर्किनेहरुमा अधिकांश सुदूरपश्चिम र कणर्ाली प्रदेशका रहेका छन्। भारतमा संक्रमण तीब्र देखिएकै ठाउँबाट ठूलो संख्यामा नेपाली फर्किरहेकाले सुदूरपश्चिममा जोखिम बढेको स्वास्थ्यकर्मी बताउँछन्।

भारतबाट आएकाहरुको स्वास्थ्य परीक्षण गर्दै अभिलेख राखेर घर पठाउने काम भइरहेको स्वास्थ्य कार्यालय (कञ्चनपुर) का कोभिड-१९ फोकल पर्सन सिद्धराज भट्टले बताए।

 

‘नाकामा कोरोना परीक्षण गर्ने गरेका छौँ। रिपोर्ट नेगेटिभ आयो भने घर पठाउँछौँ,’ उनले भने, ‘पोजिटिभ आएमा आइसोलेसनमा राख्ने गरेका छौँ।’
उनका अनुसार भारतबाट आउने मानिसहरुमध्ये दैनिक ६०/७० जनामा कोरोना संक्रमण पुष्टि भइरहेको छ। कञ्चनपुरमा अहिले ६२० जना कोरोनाका सक्रिय बिरामी छन्। तीमध्ये अधिकांश गड्डाचौकी नाका भएर भारतबाट घर फर्किरहेका मानिस हुन्।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकको ग्लोवल एजुकेशनलको स्वागत कार्यक्रममा यस्तो देखियो

दमक,२६ भदौ ।नयाँ ठाउँ… नयाँ साथी… नयाँ कक्षा…र, आँखाभरि नयाँ सपनाहरू। कसैको हातमा किताब थियो, कसैको अनुहारमा उत्साह। कोही नयाँ साथी खोज्दै थिए,कोही भने आफ्नै

सरकारले तत्कालका लागि रोक्यो डीएपी मलको बिक्री वितरण

काठमाडौं , २६ भदौ । सरकारले अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा आएको अवरोधको कारण देखाउँदै तत्कालका लागि रासायनिक मल डीएपी (डाइअमोनियम फस्फेट) को बिक्री वितरण स्थगित गरेको

आईजीपी दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गरी छानबिन गर्न सांसद सुनारको माग

काठमाडौं , भदौ २६। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि करोडौँ भ्रष्टाचारको आरोप लागेको भन्दै तत्काल छानबिन गरी

१,३८५ को मृत्यु, ५,१३० अझै बेपत्ता

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा १७औँ दिनसम्म पनि सरकारको खोज तथा उद्धार कार्य जारी रहेको छ ।बाढीका कारण रसुवा, नुवाकोट,

प्रभावित किसानलाई तत्काल क्षतिपूर्ति दिन फोरएच नेपालको माग

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित किसान तथा कृषि क्षेत्रको क्षति विवरण तत्काल सार्वजनिक गरी उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न फोरएच