बुस्टर खोपको समस्या छैन

नेपालमा ४० प्रतिशतलाई पूर्ण खोप, सार्वजनिक स्थलमा ‘खोप डेस्क’ स्थापना गरिने

 

विराटनगर । नेपालको जनसंख्याको ४० प्रतिशत जनताले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार साँझसम्ममा कोरोना विरुद्धको खोप लगाउनेको संख्या १ करोड ५ लाख कटेका हुन् ।

विराटनगरमा समाजवादी प्रेस संगठन मोरङको आयोजनामा आज आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले यस्तो जानकारी दिएका हुन् । उनले १८ वर्ष माथिका ८० प्रतिशतले पहिलो मात्रा र ६० प्रतिशतले दुवै मात्रा खोप लगाइसकेको जानकारी दिए ।

उनले २ करोड डोज भन्दाबढी थप खोप सुनिश्चित भइसकेकोले खोपको कुनै अभाव नरहेको भन्दै उनले पछिल्लो समय खोप लगाउन आउनेको संख्या न्यून भएकोले सरकारले गाउँटोलमै पुगेर खोप सेवा सञ्चालन गर्ने तयारी गरिरहेको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडाले नियमित खोप लगाउने खोप केन्द्र बाहेक सर्वजनिक स्थलमा खोप डेस्क स्थापना गरेर नागरिकलाई पहिलो र दोस्रो मात्रा खोप लगाउने तयारी बढाएको बताए ।

‘सरकारसँग प्रयाप्त खोप छ तर खोप लगाउनेहरु खोप केन्द्रसम्म आइरहेका छैनन्,’ मन्त्री खतिवडाले भने, ‘पहिलो र दोस्रो मात्रा खोप नलगाएसम्म बुस्टर डोज दिन नमिल्ने भएकोले सबैलाई खोप लगाउन गाउँ टोलमै पुग्ने गरी कार्ययोजना बनाएर कार्यान्वयन गर्न हामीले तीनै तहका सरकार र निकायलाई निर्देशन गरेका छौं ।

’ अभियान कम चलेका जिल्ला र गाउँटोल पहिचान गरी खोप कार्यक्रम सञ्चालन गरिने उनले बताए ।
प्रदेश १ मा अहिले पनि २ लाख डोजभन्दा बढी खोप मौज्जात रहेको जानकारी दिँदै मन्त्री खतिवडाले थप खोप आवश्यक परेमा तत्काल उपलब्ध गराउने जानकारी दिए ।

१८ वर्षभन्दा कम उमेरका बालबालिकाहरुका लागि आवश्यक खोप सरकारसँग मौज्जात भएपनि त्यसमा लाग्ने घोलन र सिरिञ्ज विश्वभर अभाव भएकोले केही ढिलाइ भएको मन्त्री खतिवडाले जानकारी दिए । पछिल्लो समय घोलनको आपूर्ति हुन थालेको र सिरिञ्ज पनि केही दिनमा आइपुगेपछि एकैपटक सबैतिर १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिइने उनले बताए ।
बुस्टर खोपको समस्या छैन

दुई मात्रा खोप लगाएको ६ महिना पुरा भएकाहरुले बुस्टर डोज लिन सक्ने मन्त्री खतिवडाले बताए । पहिले लगाएकै खोपको थप मात्रा लगाउनु पर्ने भएकोले यसै अभियानमा नागरिकहरुले बुस्टर खोप लगाउन सक्ने उनले जानकारी दिए । अहिले फ्रन्टलाइनर, दीर्घ रोगी, जेष्ठ नागरिकलाई बुस्टर डोज दिने योजना रहेको भन्दै सोही अनुसार बुस्टर डोज पनि उपलब्ध गराउन स्वास्थ्यकर्मीहरुलाई निर्देशन गरिसकिएको मन्त्री खतिवडाले जानकारी दिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी पीडितका लागि ईयूद्वारा ८२ टन राहत सामग्री र थप ५ लाख युरो सहयोग

काठमाडौं ,२० भदौ। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ ईयू ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री

अपर त्रिशूली १ बाट थप एक विदेशीको जीवितै उद्धार

नुवाकोट ,२० भदौ। अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको

पहिरोले घर पुरिएको ११ दिन पछि महिलाको जीवितै उद्धार

नुवाकोट,२० भदौ । नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्द्रिका

त्रिशूली बाढीले बगाएको नुवाकोटको बेलिब्रिज जडान तीव्र, त्रिशूलीमाथि तुइन पनि राख्दै सेना

 काठमाडौं , २० भदौ । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विध्वंशकारी बाढीका कारण ध्वस्त भएको नुवाकोटको एक बेलिब्रिज जडान सुरु भएको

‘हामीलाई दया होइन, जलवायु न्याय चाहिन्छ’ : राष्ट्रसङ्घमा बालेनले उठाउनुपर्ने आवाज

काठमाडौँ , भदौ २०। हामी अहिले पीडामा छौँ। यति ठूलो पीडामा छौँ कि यसपटक नेपालका पहाडहरूबाट बगेको पानीले केवल नदीका किनाराहरू मात्र छोएको छैन। यसले

दाँत बाङ्गो टिङ्गो भएमा के गर्ने? उपचारको बिधि गौरादहमै

गौरादह ,२० भदौ ।अनुहारको सुन्दरतामा दाँतको महत्वपूर्ण भूमिका हुन्छ। तर, धेरै मानिसहरू बाङ्गा–टिङ्गा वा अगाडि निस्किएका दाँतका कारण खुलेर हाँस्न र बोल्न हिचकिचाउँ छन्। यस्तै