प्रशासनका कर्मचारी पनि सङ्क्रमित

अस्पतालदेखि प्रशासनसम्म कोरोना सङ्क्रमण

 

नुवाकोटमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । जिल्लामा समुदायस्तरमा कोरोनाको सङ्क्रमण फैलिएर नियन्त्रणमा लिने प्रयास भइरहेको समयमा बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीदेखि सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयका कर्मचारीमा समेत कोरोना सङ्क्रमण पुष्टि हुनेदर बढेसँगै रोगबाट उच्च सावधानी अपनाउन अपिल गरिएको छ ।

नुवाकोटको त्रिशूली अस्पतालमा दुई विशेषज्ञ चिकित्सक, चार मेडिकल अधिकृतसहित ३० स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएको मेडिकल सुपरिटेन्डेण्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिए ।

उनका अनुसार कोरोना नियन्त्रणका लागि अग्रपङ्क्तिमा रहेर सेवा पुर्‍याउने अधिकांश चिकित्सक-स्वास्थ्यकर्मी भाइरसबाट सङ्क्रमित भएका छन् । “अस्पतालका विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, नर्स, पारामेडिक्स, प्रयोगशालाकर्मीलाई लक्षणसहितको समस्या देखिएसँगै गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको छ”, अस्पतालका मेसु पाण्डेले भने “जाँच गराउन आउने बिरामीको दर बढिरहेको समयमा स्वास्थ्यकर्मी आफँ सङ्क्रमित भएकाले सेवा दिन कठिनाइ भएको छ ।”

अस्पतालको स्त्रीरोग तथा प्रसूति सेवा विभागमा कार्यरत तीन विशेषज्ञ चिकित्सकलाई कोरोना सङ्क्रमण भएपछि सेवा प्रभावित भएको छ । अस्पतालले सूचना जारी गर्दै उक्त विभागबाट उपलब्ध गराइने विशेषज्ञ सेवा केही दिनका लागि प्रभावित भएको जानकारी दिए । मानिसको भीडभाड बढेको र स्वास्थ्य मापदण्डको पालना नहँदा सङ्क्रमणदर बढेसँगै सामान्य प्रकृतिका बिरामी तथा केही समयपछि शल्यक्रिया गर्दा पनि हुने बिरामीलाई अहिले अस्पतालमा नआउन अनुरोध गरिएको छ ।

प्रशासनका कर्मचारी पनि सङ्क्रमित
जिल्ला प्रशासन कार्यालय नुवाकोटका केही कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको तथा केहीलाई रोगसँग मिल्दोजुल्दो लक्षणसहितको स्वास्थ्यमा समस्या देखिएको छ । जिल्लामा सेवा प्रवाहका लागि महत्वपूणर् निकायका रूपमा रहेको प्रशासनका कर्मचारीमा कोरोना देखिएकाले अत्यावश्यक परेकाका लागि मात्रै सेवा लिन आउन अनुरोध गरिएको छ ।

प्रशासन कार्यालयले सूचना जारी गर्दै कार्यालयको अग्रस्थानमा रहेर सेवा पुर्‍याउँदै आएका केही कर्मचारीमा लक्षणसहितको स्वास्थ्यमा समस्या देखिएकाले सोमबार गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । सङ्क्रमणका कारण कर्मचारी आइसोलेशनमा बसेसँगै जनशक्ति नहुँदा सेवा थप प्रभावित हुनसक्ने भएकाले अत्यावश्यक सेवाका लागि मात्रै आउन सेवाग्राहीलाई आग्रह गरिएको हो ।

अत्यावश्यक सेवा लिनका लागि मात्र आउन प्रशासनले अनुरोध गरे पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता, राष्ट्रिय परिचयपत्र, लामो समय रोकेर एक साताअघिदेखि सुरु गरिएको विद्युतीय राहदानी बनाउनेको सङ्ख्या भने दैनिक १०० भन्दा बढी पुग्ने गरेका छन् । नुवाकोटमा कोरोनाका सक्रिय सङ्क्रमित सोमबारसम्ममा १०१ जना पुगेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा रथयात्रा, केके भयो ? केके देखियो ?

यस वर्षको रथयात्रा अघिल्ला वर्षभन्दा भावुकसमेत बनेको थियो। आयोजकले रासुवास्थित भोटेकोशीमा आएको बाढीमा परी दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जलीस्वरूप ठाउँ–ठाउँमा आरती आयोजना गरेको थियो।

बाढी पीडितका लागि ईयूद्वारा ८२ टन राहत सामग्री र थप ५ लाख युरो सहयोग

काठमाडौं ,२० भदौ। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ ईयू ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री

अपर त्रिशूली १ बाट थप एक विदेशीको जीवितै उद्धार

नुवाकोट ,२० भदौ। अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको

पहिरोले घर पुरिएको ११ दिन पछि महिलाको जीवितै उद्धार

नुवाकोट,२० भदौ । नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्द्रिका

त्रिशूली बाढीले बगाएको नुवाकोटको बेलिब्रिज जडान तीव्र, त्रिशूलीमाथि तुइन पनि राख्दै सेना

 काठमाडौं , २० भदौ । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विध्वंशकारी बाढीका कारण ध्वस्त भएको नुवाकोटको एक बेलिब्रिज जडान सुरु भएको

‘हामीलाई दया होइन, जलवायु न्याय चाहिन्छ’ : राष्ट्रसङ्घमा बालेनले उठाउनुपर्ने आवाज

काठमाडौँ , भदौ २०। हामी अहिले पीडामा छौँ। यति ठूलो पीडामा छौँ कि यसपटक नेपालका पहाडहरूबाट बगेको पानीले केवल नदीका किनाराहरू मात्र छोएको छैन। यसले