पिसाब नलीमा बाँधेर यातना

पिसाब नलीमा रबरले बाँधिदिने होस्टलकी एक कर्मचारीलाई कैद सजायको फैसला

 

काठमाडौं :  बालककले ओछयानमा पिसाब गरेको भन्दै पिसाब नलीमा रबरले बाँधिदिने होस्टलकी एक कर्मचारीलाई कैद सजायको फैसला सुनाइएको छ।
कास्की जिल्ला अदालतले अभियुक्त जानुका नेपालीलाई दोषी ठहर गर्दै २५ दिन कैद सजाय, पीडितलाई पाँच हजार रुपैयाँ क्षतिपूर्ति, एकहजार रुपैयाँ जरिवाना र पीडित राहत कोषमा २ सय रुपैयाँ भराउने फैसला सुनाएको हो।

कास्की जिल्ला अदालतका श्रेष्तेदार नवराज दंगालका अनुसार न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले यस्तो फैसला सुनाएका हुन्। सरकारी वकिल कार्यालयले नेपालीविरुद्ध बालबालिका विरुद्धको कसुरमा मुद्दा दायर गरेको थियो।

नेपालीले बालबालिका विरुद्धको कसुर गरेको पुष्टी भएको भन्दै एक वर्षसम्म कैद सजाय तथा ५० हजार क्षतिपूर्तिको मागदाबी गरेको थियो। नेपालीले वर्ष ६ का नाबालकले बिस्तरामा पिसाब गरेको भनी पिसाब नलीमा बाँधेर यातना दिएको जाहेरीमा उल्लेख छ।

शुक्रबार दर्ता भएको मुद्दामा आइतबार थुनछेक बहस थियो। तर अदालतले बुझ्नुपर्ने प्रमाण सबै आइसकेको र अभियुक्तले कसुरसमेत स्वीकार गरी पश्चातापसमेत गरेको भन्दै फैसला नै सुनाएको हो। फैसलाको पूणर् पाठ भने आउन बाँकी नै छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

स्वदेशमै रोजगारी सिर्जना गर्न १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्दैछौँ : मन्त्री यादव

काठमान्डौ ,७ असोाज । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारले यसै वर्ष १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउनु

ऋण तिर्नै सरकारलाई सास्ती:नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक

काठमान्डौ,७ असोज । नेपाल सरकारको सार्वजनिक ऋण ३० खर्ब रुपैयाँ नजिक पुगेको छ। चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो दुई महिनामै सार्वजनिक ऋण २९ खर्ब

बिहीबारदेखि लामो र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह

काठमाडौं,७ असोज । बिहीबारदेखि १२ असोजसम्म अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न यातायात व्यवसायीले सर्वसाधारणलाई आग्रह गरेका छन्। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले विज्ञप्ति जारी गर्दै

मधेशका किसानबाट १० हजार मेट्रिक टन धान खरिद गर्दै आरजु राइस मिल

काठमाडौं ,७ असोज। आरजु राइस मिल प्रालिले मधेश प्रदेशका किसानबाट करिब १० हजार मेट्रिक टन जिरा मसिनो वर्षे धान खरिद गर्ने योजना सार्वजनिक गरेको छ

कैलाली कांग्रेस सभापति भट्टको जिम्मेवारी खोसियो, बडुवाल बने कार्यवाहक

कैलाली ,७ असोज । नेपाली कांग्रेसले कैलाली जिल्ला सभापति नारायणदत्त भट्टको जिम्मेवारी खोसेर उपसभापति भीम बडुवाललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ। १५औँ महाधिवेशनअन्तर्गत जिल्ला मातहतका

फोहोर अब ‘फोहोर’ मात्र होइन, स्रोतका रूपमा उपयोग गर्ने कानुन ल्याउँदै सरकार

काठमान्डौं,७ असोज । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले प्रतिनिधिसभामा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गर्नुभएको छ । विधेयक प्रस्तुत गर्दै मन्त्री लम्सालले फोहोरको वैज्ञानिक व्यवस्थापन, पुनःप्रशोधन