पिसाब नलीमा बाँधेर यातना

पिसाब नलीमा रबरले बाँधिदिने होस्टलकी एक कर्मचारीलाई कैद सजायको फैसला

 

काठमाडौं :  बालककले ओछयानमा पिसाब गरेको भन्दै पिसाब नलीमा रबरले बाँधिदिने होस्टलकी एक कर्मचारीलाई कैद सजायको फैसला सुनाइएको छ।
कास्की जिल्ला अदालतले अभियुक्त जानुका नेपालीलाई दोषी ठहर गर्दै २५ दिन कैद सजाय, पीडितलाई पाँच हजार रुपैयाँ क्षतिपूर्ति, एकहजार रुपैयाँ जरिवाना र पीडित राहत कोषमा २ सय रुपैयाँ भराउने फैसला सुनाएको हो।

कास्की जिल्ला अदालतका श्रेष्तेदार नवराज दंगालका अनुसार न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले यस्तो फैसला सुनाएका हुन्। सरकारी वकिल कार्यालयले नेपालीविरुद्ध बालबालिका विरुद्धको कसुरमा मुद्दा दायर गरेको थियो।

नेपालीले बालबालिका विरुद्धको कसुर गरेको पुष्टी भएको भन्दै एक वर्षसम्म कैद सजाय तथा ५० हजार क्षतिपूर्तिको मागदाबी गरेको थियो। नेपालीले वर्ष ६ का नाबालकले बिस्तरामा पिसाब गरेको भनी पिसाब नलीमा बाँधेर यातना दिएको जाहेरीमा उल्लेख छ।

शुक्रबार दर्ता भएको मुद्दामा आइतबार थुनछेक बहस थियो। तर अदालतले बुझ्नुपर्ने प्रमाण सबै आइसकेको र अभियुक्तले कसुरसमेत स्वीकार गरी पश्चातापसमेत गरेको भन्दै फैसला नै सुनाएको हो। फैसलाको पूणर् पाठ भने आउन बाँकी नै छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

खानेपानी साधारणसभा रीर्पोट

दमक,२८ कार्तिक । खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमक , झापाले शुक्रबार आफ्नो २९औँ साधारण सभा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले हरेक वर्ष झैँ

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो