कोरोना खोप लगाएकाहरु पनि किन भइरहेका छन् संक्रमित ?

 

कोरोनाभाइरस (कोभिड-१९) को महामारी शुरु भएको दुई वर्षमा विभिन्न चरण पार गर्दै हामी यो अवस्थासम्म आइपुगेका छौं । दुई महीनादेखि कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणले व्यापकता पाएको छ ।

डेल्टा भेरियन्टपछि तीव्र गतिमा कोरोना फैलिंदैन भन्ने आम मानिसको आशा थियो । तर जनस्वास्थ्य र महामारीलाई नजिकबाट अध्ययन गर्ने हामीहरुले भने नयाँ भेरियन्ट क्रमिक रुपमा आउँछन्, अझै बढी संक्रामक भएर स्वरुप फेरिनसक्छ । विशेषगरी महामारीको अवस्थामा भाइरसको जेनेटिक म्युटेसन अर्थात् आनुवंशिक उत्परिवर्तन भइरहने क्रम चलिरहन्छ भन्ने मान्छौं ।

कोरोनाको महामारीलाई नै हेर्ने हो भने ६ वटा भेरियन्ट धेरै फैलिएको देखिए पनि यसबाहेक अरु थुप्रै भेरियन्ट बनेका छन् । धेरै परिवर्तन र फैलावट नभएका भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले भेरियन्ट अफ कन्सर्न मानेको छैन ।

अहिले विश्वभर फैलिएको ओमिक्रोनलाई भने भेरियन्ट अफ कन्सर्नमा राखेको छ । पहिलाका अन्य भेरियन्टभन्दा डेल्टा बढी संक्रामक र घातक थियो । तर अहिलेसम्मको अध्ययनले ओमिक्रोन, डेल्टाभन्दा पनि धेरै संक्रामक पाइएको छ, तर त्यति नै घातक भने देखाएको छैन । कोही संक्रमित हुनु व्यक्तिगत रुपमा नराम्रो हो । तर जनस्वास्थ्यको नजरमा संक्रमण धेरै फैलिए पनि डेल्टा भेरियन्टले जति क्षति पुर्याउँदैन कि भन्ने आकलन गर्न सकिन्छ ।

हामीले के बिर्सनुहुँदैन भने ओमिक्रोनले यसअघिका लहरहरुभन्दा २०० देखि ३०० प्रतिशत संक्रमण फैलाउने भएकाले यो भेरियन्ट कम घातक हुँदाहुँदै पनि अस्पताल जानुपर्ने र गम्भीर समस्या आउनेहरुको संख्या यसअघिकै लहरमा जस्तै हुन सक्ने आकलन गर्न सकिन्छ । ओमिक्रोनले आउँदा दिनमा कति प्रभाव पार्छ भन्ने अझै स्पष्ट भइसकेको छैन । त्यसैले हामीले ठूलो चुनौतीको सामना गर्ने गरी पूर्वतयारी गर्नुपर्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

यो देश गीत गाएर राजनीतिक भाषण ठोकेर बनेको देश होइन ? ज्ञानेन्द्र शाही

काठमाडौं,२६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नेपालको सीमासम्बन्धी विषयलाई राष्ट्रिय सरोकारको अतिसंवेदनशील मुद्दा भएको बताउनु भएको छ । बुधबार प्रतिनिधिसभाको

के गणतन्त्रले ल्याएको धर्म निरपेक्षताको फल यही हो ?

काठमाडौं,२७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले आफूलाई सामाजिक सञ्जालमार्फत ज्यानमार्ने, बलात्कार गर्ने तथा भौतिक आक्रमण गर्ने धम्की आइरहेको बताउनु भएको

दुई देशको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो परराष्ट्रमन्त्री खनाल

काठमाडौं २७ जेठ। परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने आधार तयार गरेको बताउनु भएको छ । बुधबार बसेको प्रतिनिधिसभा

पेलेर जाने कि सम्हालेर लाने ? हर्क साम्पाङ

  काठमाडौं,२८ जेठ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेनको सिमा विवाद सम्बन्धी धारणा लिखितरुपमा भएपनि आउनुपर्ने बताउनु भयो । प्रतिनिधिसभाको बैठकमा बोल्दै

शैक्षिक परामर्श सेवामा धरौटी : राज्य किन “हलो अड्काएर गोरु कुट्ने” बाटोमा ?

विद्यार्थीको भविष्य सुरक्षित बनाउने नाममा राज्यले ल्याउन खोजेको अत्यधिक धरौटीको व्यवस्था वास्तवमै समाधान हो कि समस्याको अर्को रूप ? आज यो प्रश्न शैक्षिक परामर्श क्षेत्रमा

सहकारी क्षेत्र बिकासका लागि हस्तक्षेपकारी होइन सहयागि बन्नु पर्छ : सचिव भुजेल

काठमाडौं,२७ जेठ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले यसको प्रवद्र्धन आवश्यक रहेको बताउनु भएको