पातञ्जल योग समितिको वार्षिक साधारणसभामा के के भयो ?

दमक, पुस १४
पातञ्जल योग दमक नगर समितिको चौथो साधारणसभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ ।

 

मोरङको बेतना सिमसारमा सम्पन्न भएको कार्यक्रममा सस्थाका निवर्तमान अध्यक्ष अम्बर बहादुर बस्नेतले वार्षिक प्रतिवेदन सार्वजनिक गर्नु भएको थियो ।
योगमार्फत समाज रुपान्तरणमा पुर्याएको योगदान र त्यस अभियान कसरी सञ्चालन भइरहेको छ भन्नेबारेको प्रतिवेदन उहाँले सार्वजनिक गर्नु भएको थियो ।

 

 

कार्यक्रममा प्रमुख अतिथि रहनु भएका पातञ्जल योग समितिका केन्द्रीय उपाध्यक्ष केशव ताम्राकारले झापामा योगको अभियान चलाउनेमा दमक नगर समितिनै अब्बल रहेको भन्दै प्रशंसा गर्नु भएको थियो । नेतृत्व परिवर्तन सहितको यो अधिवेशनबाट आउने नयाँ टिमले दमकको यो गरिमालाई कायम राख्दै यसलाई अझ बढाउन उहाँले शुभकामना व्यक्त गर्नु भएको थियो ।

 

साधारणसभाले नयाँ नेतृत्व पनि चयन गरेको छ । जसमा नवीन पाठकको अध्यक्षतामा १३ सदस्य नयाँ कार्य समिति बनाएको छ । जसको उपाध्यक्षमा प्रतिमा सेवा लिम्बु, सचिवमा भरत चम्लागाईं तथा हालकालागि सहसचिव खाली राखिएको छ । कोषाध्यक्षमा सविना राना चयन भएसँगै सदस्यहरुमा हिमा पोखरेल, निर्मला पौडेल, दिब्या रिमाल, शीला कार्की, डिल्ली ढकाल र मञ्जु पराजुली चयन हुनु भएको छ ।

 

निर्वाचित अध्यक्ष भएर सपथ ग्रहण गरिसकेपछि बोल्दै अध्यक्ष पाठकले भन्नु भयो ‘विश्वास गरेर दिइएको जिम्मेवारीको उचित कदर गर्नेछु । सबैको सुझाव र सल्लाहका आधारमा योग अभियानलाई दमकभरी फैलाउने काममा लाग्ने छु ।’

 

पातञ्जल योग समिति दमकले यहाँ बिभिन्न ७ ठाउँमा साधना केन्द्र मार्फत योगको कार्यक्रम सञ्चालन गर्दैै आएको छ भने विभिन्न विद्यालय तथा अन्य संस्थाहरुसँग समेत सहकार्य गरेर सबै उमेर समूहलाई योगमा सहभागी गराउने काम गरिरहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,

गोरखा, बागलुङ र धादिङका प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

३०  असोज, काठमाडौं। सरकारले बाढी तथा पहिरोबाट प्रभावित गोरखा, बाग्लुङ र धादिङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको

‘सिद्धान्तहीन सरकारले कसरी जनताको पक्षमा काम गर्छ ?’ : कमला पन्त

काठमाडौं , असोज ३०। नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकारमा सैद्धान्तिक विचलन देखिएको आरोप लगाउनुभएको छ । उहाले सरकारसँग स्पष्ट

भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमै छलफल हुनुपर्छ : कांग्रेस

काठमाडौं,३० असोज। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमा छलफल गरेर मात्रै अघि बढाउनुपर्ने पार्टीको धारणा रहेको बताउनु भएको छ

धार्मिक विधिसहित खोकना जात्रा मनाइयो

ललितपुरको खोकनामा परम्परागत तथा ऐतिहासिक खोकना जात्रा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै मनाइएको छ । जात्रामा परम्परागत पूजा, धार्मिक अनुष्ठान तथा सांस्कृतिक गतिविधि