परीक्षण गरेकामध्ये ८० देखि ९० प्रतिशतमा संक्रमण देखिन थालेको छ

मौसमी रुघा भन्दै बिरामी घरमै

covid test

 

लमजुङ — ‘चिसो समय छ । अघिपछि पनि यो रुघाखोकीको मौसम हो । घाँटी दुख्ने, अलि अलि ज्वरो त आइहाल्छन् नि । जाँच्न गए कोरोना भनिहाल्छन् ।’ चोकचोकमा सुनिने यस्तै धारणाबाट मात्रै होइन, अस्पतालमा आउने भीडभाडले पनि अहिले घरघरै रुघाखोकी र ज्वरोका विरामीको संख्या ठूलो हुन सक्ने मानिएको छ ।

बेंसीसहर नगरपालिका-८ शेराकी कल्पना दनाइाले कोही न कोही भेट हुँदा रुघाखोकी लागेको र कसैले ज्वरो आएको बताउने गरेको बताइन् । ‘यहाँ केही ठाउँमा घरघरै जस्तो बिरामी छन् । मौसमी रुघाखोकी हो भन्दै जँचाउन जाँदैनन् । मेडिकलबाट औषधि किनेर खाने गर्छन्’ उनले भनिन् ।

बेंसीसहर नगरपालिका स्वास्थ्य शाखा प्रमुख मनोजसिंह बोहराले केही ठाउँमा घरघरैजसो बिरामी भएको खबर आएको बताए । ‘हाम्रो सम्पर्कमा आएका, चिनाजान भएकालाई अस्पताल जान सुझाएका छौं । कतिपय स्वास्थ्य संस्था नगइकन बसेका छन्’ उनले भने, ‘जबर्जस्ती गर्न नसकिने भयो । यसले संक्रमण अझै फैलिने खतरा बढेको छ ।’

सुन्दरबजार नगर स्वास्थ्य शाखा प्रमुख परमेश्वर पियाले रुघाखोकी, घाँटी दुख्ने र ज्वरोका बिरामी बढेको बताए । ‘सरकारी, सामुदायिक तथा निजी स्वास्थ्य संस्थामा आएर कोभिड परीक्षण गरेकामध्ये ८० देखि ९० प्रतिशतमा संक्रमण देखिन थालेको छ’ उनले भने, ‘अझै पनि ज्वरो र रुघाखोकीका बिरामी घरघरै छन् । रुघाखोकी सामान्य हो भनी बसेका छन् । यसले संक्रमण बढ्ने देखाएको छ ।’ उनका अनुसार पीसीआर परीक्षण गर्न पोखरा पठाए पनि ३ दिनसम्म रिपोर्ट आएको छैन । यसले पनि जोखिम बढाएको छ ।

जिल्ला अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले सोमबार अस्पतालमा एन्टिजेन परीक्षण गरिएकामध्ये ११ जनामा कोरोना संक्रमण देखिएकोमा मंगलबार २१ जनामा संक्रमण देखिएको छ । उनका ५५ जनाको परीक्षण गरिएकोमा एकतिहाइमा कोरोना संक्रमण देखिएको हो । उनले सोमबारसम्म १ सातामा १ सय ७१ जनामा एन्टिजेन परीक्षण गर्दा ५६ जनामा कोरोना संक्रमण देखिएको बताए ।

उनका अनुसार अस्पतालमा आउने बिरामीमध्ये अधिकांशमा रुघाखोकीको समस्या छ । रुघाखोकी भएकामध्ये धेरैजसोमा ज्वरोको समस्या छ । ‘अहिले बिरामी घरघरै जसो छ । अस्पतालमा आउने अधिकांश ज्वरो र रुघाखोकीका विरामी छन् ।

कोही सामान्य हो भन्दै घरमै बसिरहेको अवस्था छ,’ उनले भने । उनका अनुसार रुघाखोकी र ज्वरोका एकतिहाइ बिरामीमा कोरोना संक्रमण देखिएपछि अस्पतालले फिबर क्लिनिक सञ्चालन गरेको छ ।

‘ज्वरोका बिरामीलाई सुरुमा फिबर क्लिनिकमा लगिन्छ । एन्टिजेन गरेपछि कोरोना हो या होइन भनेर छुटिन्छ । त्यसपछि उपचार गर्न सहज हुन्छ,’ उनले भने । उपचारमा आउने अधिकांशले घरपरिवार पनि बिरामी भएको र अवस्था सामान्य रहेको जानकारी गराउने गरेको उनले बताए ।

स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले यसअघि संक्रमितबाट विस्तारै घरभित्रैका सदस्यमा कोरोना सर्न थालेको बताए । ‘यहाँ २ साताअघि कोरोना थिएन । अहिले दिनमै १५/२० जना देखिन थालेका छन्’ उनले भने, ‘कतिपय शंका लागेर कोरोना हो भनी घरमै बसेका छन् । कोही सामान्य रुघाखोकी हो भनी घरमै बसेका छन् ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।