परीक्षण गरेकामध्ये ८० देखि ९० प्रतिशतमा संक्रमण देखिन थालेको छ

मौसमी रुघा भन्दै बिरामी घरमै

 

लमजुङ — ‘चिसो समय छ । अघिपछि पनि यो रुघाखोकीको मौसम हो । घाँटी दुख्ने, अलि अलि ज्वरो त आइहाल्छन् नि । जाँच्न गए कोरोना भनिहाल्छन् ।’ चोकचोकमा सुनिने यस्तै धारणाबाट मात्रै होइन, अस्पतालमा आउने भीडभाडले पनि अहिले घरघरै रुघाखोकी र ज्वरोका विरामीको संख्या ठूलो हुन सक्ने मानिएको छ ।

बेंसीसहर नगरपालिका-८ शेराकी कल्पना दनाइाले कोही न कोही भेट हुँदा रुघाखोकी लागेको र कसैले ज्वरो आएको बताउने गरेको बताइन् । ‘यहाँ केही ठाउँमा घरघरै जस्तो बिरामी छन् । मौसमी रुघाखोकी हो भन्दै जँचाउन जाँदैनन् । मेडिकलबाट औषधि किनेर खाने गर्छन्’ उनले भनिन् ।

बेंसीसहर नगरपालिका स्वास्थ्य शाखा प्रमुख मनोजसिंह बोहराले केही ठाउँमा घरघरैजसो बिरामी भएको खबर आएको बताए । ‘हाम्रो सम्पर्कमा आएका, चिनाजान भएकालाई अस्पताल जान सुझाएका छौं । कतिपय स्वास्थ्य संस्था नगइकन बसेका छन्’ उनले भने, ‘जबर्जस्ती गर्न नसकिने भयो । यसले संक्रमण अझै फैलिने खतरा बढेको छ ।’

सुन्दरबजार नगर स्वास्थ्य शाखा प्रमुख परमेश्वर पियाले रुघाखोकी, घाँटी दुख्ने र ज्वरोका बिरामी बढेको बताए । ‘सरकारी, सामुदायिक तथा निजी स्वास्थ्य संस्थामा आएर कोभिड परीक्षण गरेकामध्ये ८० देखि ९० प्रतिशतमा संक्रमण देखिन थालेको छ’ उनले भने, ‘अझै पनि ज्वरो र रुघाखोकीका बिरामी घरघरै छन् । रुघाखोकी सामान्य हो भनी बसेका छन् । यसले संक्रमण बढ्ने देखाएको छ ।’ उनका अनुसार पीसीआर परीक्षण गर्न पोखरा पठाए पनि ३ दिनसम्म रिपोर्ट आएको छैन । यसले पनि जोखिम बढाएको छ ।

जिल्ला अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले सोमबार अस्पतालमा एन्टिजेन परीक्षण गरिएकामध्ये ११ जनामा कोरोना संक्रमण देखिएकोमा मंगलबार २१ जनामा संक्रमण देखिएको छ । उनका ५५ जनाको परीक्षण गरिएकोमा एकतिहाइमा कोरोना संक्रमण देखिएको हो । उनले सोमबारसम्म १ सातामा १ सय ७१ जनामा एन्टिजेन परीक्षण गर्दा ५६ जनामा कोरोना संक्रमण देखिएको बताए ।

उनका अनुसार अस्पतालमा आउने बिरामीमध्ये अधिकांशमा रुघाखोकीको समस्या छ । रुघाखोकी भएकामध्ये धेरैजसोमा ज्वरोको समस्या छ । ‘अहिले बिरामी घरघरै जसो छ । अस्पतालमा आउने अधिकांश ज्वरो र रुघाखोकीका विरामी छन् ।

कोही सामान्य हो भन्दै घरमै बसिरहेको अवस्था छ,’ उनले भने । उनका अनुसार रुघाखोकी र ज्वरोका एकतिहाइ बिरामीमा कोरोना संक्रमण देखिएपछि अस्पतालले फिबर क्लिनिक सञ्चालन गरेको छ ।

‘ज्वरोका बिरामीलाई सुरुमा फिबर क्लिनिकमा लगिन्छ । एन्टिजेन गरेपछि कोरोना हो या होइन भनेर छुटिन्छ । त्यसपछि उपचार गर्न सहज हुन्छ,’ उनले भने । उपचारमा आउने अधिकांशले घरपरिवार पनि बिरामी भएको र अवस्था सामान्य रहेको जानकारी गराउने गरेको उनले बताए ।

स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले यसअघि संक्रमितबाट विस्तारै घरभित्रैका सदस्यमा कोरोना सर्न थालेको बताए । ‘यहाँ २ साताअघि कोरोना थिएन । अहिले दिनमै १५/२० जना देखिन थालेका छन्’ उनले भने, ‘कतिपय शंका लागेर कोरोना हो भनी घरमै बसेका छन् । कोही सामान्य रुघाखोकी हो भनी घरमै बसेका छन् ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सरकारले निशुल्क सिकाएको तालीमको प्रभावकारीता बारे के भन्छन् सहभागीहरू?

दमक नगरपालिका वडा नं. ३ को कार्यालयको पहिलो तला। एउटा उज्यालो हल, जहाँ २० जना महिलाहरू व्यस्त छन्। कोही डमीको कपाल मिलाउँदै, कोही एक–अर्कालाई मेकअप

दमक खेलकुद महोत्सवको रौनकः मैदानमा उत्साह, मनमा उमङ्ग

दमक,३१ वैशाख । विशाल खेल मैदान । बीचमा पसिना बगाउँदै गरेका जोसिला खेलाडी। अनि मैदानको चारैतिर आफ्ना मनपर्ने टोलीलाई उत्साह थप्दै चिच्याइरहेका हजारौँ दर्शक। यो

नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो महाधिवेशन जेठ १ र २ गते काठमाडौंमा हुने

काठमाडौं,३१ वैशाख । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो केन्द्रीय महाधिवेशन तथा पाँचौं साधारणसभा यही जेठ १ र २ गते काठमाडौंमा हुने भएको छ । महासंघले

सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिने’ भन्ने प्रावधानप्रति आपत्ति :गणेशसिंह ठगुन्ना

काठमाडौं,३१ वैशाख । नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएकाले त्यसलाई सीमा विवादका रूपमा नभई अतिक्रमित भूभागका रूपमा स्पष्ट उल्लेख

सरकारबाट निजी क्षेत्रमाथि भय सिर्जना गर्ने काम भइरहेको छ : रामकुमारी झाँक्री

काठमाडौं,३१ वैशाख । राष्ट्रियसभा सदस्य एवं नेकपा (एमाले)की नेतृ रामकुमारी झाँक्रीले सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता मात्र भएको टिप्पणी गर्नुभएको छ ।  

संविधान केवल अक्षरहरूको सङ्ग्रह होइन : सुहाङ नेम्वाङ

काठमाडौं,३१ वैशाख । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संविधान संशोधन केवल संशोधनका लागि मात्र नभई जनताको अधिकारलाई थप सुदृढ गर्दै अग्रगमनतर्फ उन्मुख हुनुपर्ने बताउनु भएको