स्वास्थ्य मन्त्री

सरकार लकडाउनको पक्षमा छैनः स्वास्थ्य मन्त्री

 

झापा/
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले सरकार लकडाउनको पक्षमा नरहेको स्पष्ट पारेका छन् ।
मन्त्री खतिवडाले विगतको पाठ सिकेर अघि बढेको वर्तमान सरकार जनताको पक्षमा रहेको भन्दै गरिखाने बाटो बन्द गर्ने पक्षमा आफूहरू नरहेको बताए
जिल्ला प्रशासन कार्यालय सुनसरी आएका मन्त्री खतिवडाले ओमिक्रोनको सामना गर्न सरकार सक्षम रहेकोसमेत बताए । सो क्रममा उनले पर्याप्त स्रोत, साधन उपलब्ध रहेकाले ओमिक्रोनसँग जुध्न सरकार सक्षम रहेको बताए ।

ओमिक्रोन यसअघिका भेरियन्टभन्दा कमजोर रहेको बताएका मन्त्री खतिवडाले स्वयम् सावधानी अपनाउनसके आइपरेको समस्याबाट सहजै पार पाउन सकिने धारणा राखेका छन् । उनले कोरोनाको सम्बन्धमा अवस्था हेरेर स्थानीय प्रशासनले आफूपायक निणर्य लिन सक्नेसमेत बताए ।
सबैलाई खोप दिलाउने लक्षमा अघि बढेको सरकार पूणर् खोप लगाएकाको हकमा बुस्टर डोजमा पुगेको भन्दै मन्त्री खतिवडाले बालबालिकाको लागि समेत छिट्टै कोरोना खोप उपलब्ध गराइने बताएका छन् । उनले कोरोनाको बढ्दो सङ्क्रमणको अवस्थालाई मनन् गरेर स्थानीय तहले सोही अनुरूपको तयारी थाल्नु पर्नेसमेत बताए ।

यता कार्यक्रममा उपस्थित स्थानीय तहका प्रमुखहरूले भने आर्थिक अभावमा आफूहरू निरीह बनेको मन्त्रीसमक्ष बताएका छन् । कार्यक्रममा अधिकांशजसो स्थानीय तहका प्रमुखले विगतका कोरोनाको समयमा सरकारले उपलब्ध गराउने भनेको रकम आफूहरूले नपाउँदा अब थप व्ययभार बेर्होन नसक्ने बताएका छन् । उनीहरूले रकम उपलब्ध भए आफूहरू सोही अनुरूप तयारीमा जुट्ने भन्दै अन्यथा केही गर्न सक्ने अवस्था नरहेको बताए
स्थानीय तहका प्रमुखहरूको गुनासोका सम्बन्धमा मन्त्री खतिवडाले वास्तविकता बुझी सरकारका तर्फबाट हुने सहयोगका सम्बन्धमा अविलम्ब पहल गरिने बताए ।

कार्यक्रममा कोरोनाको तेस्रो लहरसँगै चालिएका रोकथामका उपायका बारेमा प्रजिअ इन्द्रदेव यादवले जानकारी गराएका थिए भने स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले जिल्लाको कोभिडको विगत र वर्तमानसँगै चुनौती र समाधानका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो