सिटामोल पाउन मुस्किल

सिटामोलको अभाव

कोभिड संक्रमण भएर सामान्य लक्षणका साथ घरमै ‘आइसोलेसन’मा बसेका कतिपयका निम्ति यो औषधिको अति खाँचो छ । तर, बजारमा यही बेला सिटामोलको चरम अभाव छ । यो औषधि सजिलै नपाएकैले महामारीको पहिलो र दोस्रो लहरमा धेरै बिरामीले सास्ती भोग्नुपरेको थियो, अहिले त्यही अवस्था तेहेरिँदै छ । यसै पनि धेरैलाई चाहिरहने सिटामोल अकासिँदो संक्रमणबीच अझ धेरै आवश्यक छ । त्यसैले सरकारले अविलम्ब समस्याको हल खोज्नुपर्छ; औषधि निर्माता, वितरकहरूसित उचित समन्वय गरेर आधारभूत औषधिकै हाहाकार हुने अवस्थाको अन्त्य गर्नुपर्छ ।

अहिले राजधानी उपत्यकाका अधिकांश औषधि पसलहरूमा सिटामोल पाउन मुस्किल छ ।सरकारी निकायहरूले पनि यो औषधि पाएका छैनन् ।वैकल्पिक औषधि किन्नुपर्दा बिरामीहरू महँगो मूल्य तिर्न बाध्य छन् । साता-दुई साताअघिदेखि ठूला अस्पताल तथा प्रदेश सरकारहरूले सिटामोल माग्दा नेपाल औषधि लिमिटेडले कसैलाई आश्वासन मात्र दिएको छ भने कसैलाई कुनै जवाफ फर्काएको छैन । संक्रमणका अघिल्ला लहरहरूका क्रममै मुलुकमा जुनसुकै बेला फेरि सिटामोल अभाव हुन्छ भन्ने जनाउ मिल्दा र औषधि उत्पादकहरूले मूल्यवृद्धिका लागि लगातार अभाव सृजना गर्दा पनि सरकार बेलैमा संवेदनशील नभएकाले यो समस्या बल्झिएको हो ।

एकातिर दैनिक संक्रमित संख्या दस हजार नाघेको छ, अर्कातिर संक्रमणसित मिल्दोजुल्दो लक्षण देखिए पनि परीक्षण नगराई घरमै औषधि सेवन गर्नेहरू त्यत्तिकै छन् । जानकारहरूका अनुसार एउटै परिवारले ४/५ पत्तासम्म सिटामोल किन्नुपर्ने अवस्था छ । यही स्थिति रहिरहे सिटामोल-संकट अझ गहिरिने तथा बिरामीले झन् दुःख पाउने निश्चित छ । अतः सरकार समस्याप्रति यथाशीघ्र गम्भीर बन्नुपर्छ । फार्मेसी सञ्चालकहरूको बुझाइअनुसार सिटामोलको मूल्य बढाउन उद्योगहरूले उत्पादन घटाएर कृत्रिम अभाव सृजना गरेका हुन् ।

जानाजान उत्पादन घटाइएको होस् या बजारमा माग धेरै छ भनेर कालोबजारीका निम्ति लुकाइएको वा दुई गुणा मूल्य पाइन्छ भनेर छिमेकी मुलुक पुर्याइएको, कारण जेसुकै पनि भए पनि यो जनस्वास्थ्यमाथि ठूलो खेलबाड हो । यसबारे अनुसन्धान गरी सरकारले समस्या समाधानको उचित उपाय पहिल्याउनुपर्छ । सरकारी निकायहरू अझै पनि मौन रहे भने उनीहरू समस्याप्रति संवेदनशील नरहेको प्रस्टिन्छ ।

व्यवसायीहरूका माग जायज भए सुनुवाइको प्रतिज्ञा गर्ने र उनीहरूले लापरबाही गरेको पाइए कारबाही गर्ने दायित्व सरकारको हो, उसले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । कथं व्यवसायीहरूको माग जाजय नै रहेछ भने पनि यस्तो अत्तो थाप्नका लागि यो उचित बेलाहोइन, यसमा उनीहरू न्यूनतम मानवीय र व्यावसायिक मर्यादामा बस्नुपर्छ । पहिले औषधि उत्पादक तथा व्यवसायीहरूकै दबाब तथा प्रभावमा सकारले सिटामोललगायत अत्यावश्यक तथा जीवनरक्षक ९० वटा औषधिमा आयात प्रतिबन्ध लगाएको अधिकारवादीको आरोपको आलोकमा पनि यो समस्यालाई हेरिनुपर्छ ।

र, यस्तो बेला औषधिको मूल्य समायोजन गर्न औषधि व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा रहेको मूल्य अनुगमन समिति पनि सक्रिय बन्नुपर्छ । औषधि संकट समाधानका निम्ति जिम्मेवार अधिकारीहरूले उचित पहल नथाले स्वास्थ्य मन्त्रालयको राजनीतिक नेतृत्वले अग्रसरता देखाउनुपर्छ । र,जनस्वास्थ्यसित जोडिएको गम्भीर विषय भएकाले गृह मन्त्रालय तथा प्रधानमन्त्री कार्यालयले पनि यसमा सरोकार राख्नुपर्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी बाढीले खोस्यो अनोजको जीवन, आमाको उपचार खर्च जुटाउने सपना पनि अधुरै

 विराटनगर , १९ भदौ । मोरङ बेलबारी नगरपालिका– ९ का २६ वर्षीय अनोज धमलाले चाहेजस्तो हुन्थ्यो भने, उनी यतिबेला कोरियामा हुन्थे । कोरियन भाषा परीक्षा

बाढीपीडितलाई मन्त्री सतपालजी महाराजको राहत सहयोग

काठमाडौँ , भदौ १९ । मानव धर्मका प्रणेता एवं भारतको उत्तराखण्ड प्रदेश सरकारका पर्यटनमन्त्री सतपालजी महाराजले भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकहरूको उद्धार तथा राहतका लागि

मन्दिरहरूमा भक्तजनको भीड, धार्मिक सदभावको सन्देश

दमक ,१९ भदौ । भगवान् श्रीकृष्णको जन्मोत्सव—श्रीकृष्ण जन्माष्टमी पर्व आज शुक्रबार देशभर भक्तिभावपूर्वक मनाइँदै छ। दमकका विभिन्न कृष्ण मन्दिर तथा धार्मिक स्थलहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको

भोटेकोशी बाढीको दशौँ दिन : जलविद्युत् आयोजनाका सुरुङमा खोजी अझै जारी

काठमाडौं , भदौ १९ । भोटेकोशीमा आएको विनाशकारी बाढीको दशौँ दिनसम्म पनि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी चुनौतीपूर्ण बनेको छ

विपद्मा नेपाललाई २९ देशको साथ, राहत र आर्थिक सहयोग जुट्यो

 काठमाडौं , भदौ १९ ।भोटेकोशी बाढीपछि नेपाललाई परेको विपद्मा हालसम्म २९ देशसहित ठूला अन्तराष्ट्रिय संस्थाहरूले साथ सहयोग गरेका छन् । केही मुलुकहरूले अत्यावश्यक मानवीय सहायता

राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा दर्शन र पूजा आराधना

काठमाडौँ,१९ भदौ ।श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवम् पूजाअर्चना गर्नु भएको छ ।