दमक, पुस २९
हिन्दु धार्मिक मान्यता अनुसार पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विशेष गरी नारीहरूले सुख शान्तिको कामना गर्दै लिने एक महिने श्रीस्वस्थानीको ब्रत आजबाट प्रारम्भ भएको छ ।
२९ गते पौषशुक्ल पूर्णिमाबाट आरम्भ भई माघ ३० गते पूर्णिमाकै दिन समापन हुने आज विहान स्थान गरी प्रारम्भ गरिएको छ ।
यसक्रममा काठमाडौं नजिकको सालीनदीमा स्थान गर्ने र कथा सुन्नेको वर्षेनी भीड लाग्ने गरेको छ । यस अवधिभर श्रीस्वस्थानी व्रत गर्नाले वा कथा सुन्नाले सत्यको बाटोमा निरन्तर अगाडी बढ्ने प्रेरणा मिल्नुको साथै धर्मको पालन र भक्ति मार्गमा मनलाई लैजान सकिन्छ भन्ने धार्मिक मान्यता छ ।
सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले श्रीमहादेव पति पाऊँ भनी श्री स्वास्थानी माताको व्रत गरिएको र महादेव पति पाएकाले वर माग्ने हिसावले यो ब्रतको प्रारम्भ भएको देखिन्छ ।
हिजोआज विवाहित तथा अविवाहित महिलाहरूले दीर्घायु, सुस्वास्थ्य, परिवारको प्रगति, आफ्नो घरमा सुख शान्ति कायम होस् तथा आफ्नो मनोकामना, पढाइ, स्वास्थ्य तथा राम्रो नोकरीको अभिलाषा राख्दै व्रत बस्ने गरेको पाइन्छ ।