खप्तडी बस्नेत वंशावलीको दोस्रो संस्करण प्रकाशन तयारी

दमक, पुस २९
खप्तडी  बस्नेत कुल सुधार समिति मोरङले आफ्‌नो वंशावलीको दोस्रो संस्करण प्रकाशनको तयारी गरेको छ ।

 

जिल्ला अध्यक्ष नगेन्द्र बस्नेतको अगुवाईमा भएको भेलाले वंशावलीको दोस्रो संस्करणका लागि पहिले छुट भएका र थपिएका नामहरु टिपोट गराउन सवैलाई सूचित गर्ने निर्णय गरेको छ । उर्लाबारी ३ चन्दनेमा रहेको कार्यालयमा नेपालभरका वंशहरुको छुट तथा थप नाम टिपोट कार्य अघि बढाएको देवाली समितिका कोषाध्यक्ष बालकृष्ण बस्नेतले जनाउनु भयो ।

 

वंशलता रामबहादुर बस्नेतको अगुवाईमा वंशावली निर्माणको तयारी भइरहेको छ । ‘वंशावली भनेको हाम्रो वेद हो, यो वेद नै हाम्रो वंशको ऐतिहासिक दस्तावेज हो । यो दस्तावेजमा आफ्‌ना सन्ततीको नाम यथासक्य चाँडो पठाइहाल्नु होला ।’– वंशलता बस्नेतले आव्हान गर्नुभएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शान्त जीवन प्रतिष्ठान सुधार केन्द्रबाट ७ जना फरार

झापा, मंसिर २७ । झापाको कमल गाउँपालिका वडा न।५पाडाजुँगीमा रहेको शान्त जीवन प्रतिष्ठान सुधार केन्द्रबाट ७ जना फरार भएका छन् । उपचारका लागि ल्याएका उनीहरु

सुख्खायामसँगै आगलागीका घटना बढ्दै, एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते

दमक,२७ मंसिर । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चिसो र सुक्खायाम बढेसँगै आगलागीका घटनामा वृद्धि भएको भन्दै आम सर्वसाधारण तथा सरोकारवाला निकायलाई विशेष

मोरङमा हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु

दमक,२७ मंसिर ।  मोरङमा जंगली हात्तीको आक्रमणबाट दूध बिक्री गर्न हिँडेका पुरुषको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–१२ काफ्ले टोलका ६० वर्षीय भवकृष्ण घिमिरेको मृत्यु