दमक, पुस २९
खप्तडी बस्नेत कुल सुधार समिति मोरङले आफ्नो वंशावलीको दोस्रो संस्करण प्रकाशनको तयारी गरेको छ ।
जिल्ला अध्यक्ष नगेन्द्र बस्नेतको अगुवाईमा भएको भेलाले वंशावलीको दोस्रो संस्करणका लागि पहिले छुट भएका र थपिएका नामहरु टिपोट गराउन सवैलाई सूचित गर्ने निर्णय गरेको छ । उर्लाबारी ३ चन्दनेमा रहेको कार्यालयमा नेपालभरका वंशहरुको छुट तथा थप नाम टिपोट कार्य अघि बढाएको देवाली समितिका कोषाध्यक्ष बालकृष्ण बस्नेतले जनाउनु भयो ।
वंशलता रामबहादुर बस्नेतको अगुवाईमा वंशावली निर्माणको तयारी भइरहेको छ । ‘वंशावली भनेको हाम्रो वेद हो, यो वेद नै हाम्रो वंशको ऐतिहासिक दस्तावेज हो । यो दस्तावेजमा आफ्ना सन्ततीको नाम यथासक्य चाँडो पठाइहाल्नु होला ।’– वंशलता बस्नेतले आव्हान गर्नुभएको छ ।