झापामा सहकारी ठगी सम्बन्धी ४० जनामाथि उजुरी

दमक, माघ १
देशभर सहकारी ठगीका घटना भइरहेको अवस्थामा झापामा ३ वटा सहकारी संस्थाका ४० जनामाथि सहकारी ठगीको उजुरी परेको छ ।

 

करिव ३ करोड रकम ठगी गरेको आरोपमा तीनवटा सहकारी संस्थाका ४० जनामाथि उजुरी परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताउनु भयो । उजुरी परेकामध्ये ६ जना पक्राउ परेको र अन्य फरार रहेको पनि उहाँले जनाउनु भयो ।

 

बचतकर्ताहरुको २ करोड ४ लाख ४८ हजार ७२४ रुपैयाँ हिनामिना गरेको आरोपमा जयपुर बहुउद्देश्यीय सहकारी संस्था बुद्धशान्तिका १७ जनामाथि उजुरी परेको थियो । त्यसमध्ये ३ जना पक्राउ परेका छन् ।

 

 

त्यस्तै निक्षेपकर्ताहरुको ६० लाख २ हजार ८०२ रुपैयाँ हिनामिना गर्ने शुभसाइत सहकारी संस्था भद्रपुरका ७ जना संचालकमाथि उजुरी परेको थियो । तीमध्ये ३ जना पक्राउ परेका छन् । त्यस्तै उन्नति बचत तथा ऋण सहकारी संस्था शिवसताक्षीका १६ जना संचालकमाथि उजुरी परेको छ । ३५ लाख ८ हजार ५५१ रुपैयाँ अपचलन गरेको आरोपमा उनीहरुमाथि उजुरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

 

झापाका अन्य सहकारीमा पनि ठगी भएको पाइएपनि उजुरी पर्न सकेको छैन । उजुरी नपर्दा प्रहरीले कार्वाही गर्न नसकेको प्रवक्ता चन्दले उल्लेख गर्नुभयो ।

 

सहकारीहरुले निक्षेप फिर्ता नदिएको भनेर इलाका प्रहरी कार्यालय दमकमा गुनासो लिएर निक्षेपकर्ताहरु आउने गरेको र सम्बन्धित सहकारी संस्थालाई निक्षेप फिर्ता गर्नु भन्ने गरिएको डीएसपी निशान थापाले जानकारी दिनुभयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रुखबाट लडेर झापामा एक जनाको मृत्यु

झापा, १० माघ । रुखबाट लडेर झापा गाउँपालिकामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो बिहान १०ः३० बजे झापा गाउँपालिका वडा न.६फुलगाछी बस्ने

फेरिएको दमक बजारको चमक

दमक ९ माघ । पाँच–छ वर्ष अगाडि दमकको अवस्था सम्झिँदा आज पनि धेरैको मन भारी हुन्छ। धुलाम्मे सडक, अव्यवस्थित बजार, जताततै भीड र दुर्घटनाको डर।

दमक क्याम्पसमोडबाट आम्दा जाने सडकले दिएको सहजता

दमक,९ माघ।घरबाट बाहिर निस्किएपछि हरेक व्यक्तिको गन्तव्य सडकसँग जोडिएको हुन्छ। विद्यालय जाने विद्यार्थीदेखि कार्यालय जाने कर्मचारीसम्म, सबैको दिनको सुरुवात सडकबाट नै हुन्छ। सडक व्यवस्थित भयो