सफाई मजदुरसँग एमाले : ४० जनालाई ज्याकेट र पञ्जा प्रदान

दमक, माघ १
नेकपा एमाले दमक नगर कमिटीले सफाई मजदुरहरुको समस्या जानकारी लिएर उनीहरुसँगै सरसफाई गर्दै ‘सफाई मजदुरसँग नेकपा एमाले’ नामक कार्यक्रम सम्पन्न गरेको छ ।

 

पार्टीका दमक नगर अध्यक्ष राम पौडेलको संयोजनमा सम्पन्न कार्यक्रममा दमक नगरपालिका कार्यालयबाट खटिएका ४० जना सफाई मजदुरहरुलाई एक एक थान टल्किने प्रकारको सुरक्षा प्रदान गर्ने ज्याकेट र पञ्जा प्रदान गरिएको छ ।

 

एमाले कोशी प्रदेश कमिटी सदस्य अम्बिका खनालको प्रमुख आतिथ्यतामा ज्याकेट वितरण र सफाई मजदुरसँगै सरसफाई गर्ने कार्य भएको नगर अध्यक्ष पौडेलले जानकारी गराउनु भयो । उहाँले मजदुरहरुको श्रमको सम्मानकासाथै उनीहरुको दैनिकीका लागि केही सहयोग पुर्याउने उद्धेश्यले त्यसप्रकारको कार्यक्रम गरिएको जनाउनु भयो ।

Share: