लकडाउन

कोरोना कहर : झापामा सीमा नाका कडाइ, मालपोत बन्द

 

 

झापा : कोरोनाको तेस्रो लहर देखा परेसँगै जिल्ला प्रशासन कार्यालय झापाले उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदेश १ को झापा, मोरङ र सुनसरी ‘रेड जोन’मा छन्।

सक्रिय संक्रमित पाँच सयभन्दा बढी भएका जिल्लालाई सरकारले ‘रेड जोन’ का रूपमा वर्गीकरण गरेको छ।

झापामा बिहीबारसम्म पिसिआर विधिबाट ७११ र एन्टीजेन विधिबाट २४९ गरी ९६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

यसैबीच बिहीबार मध्य राति १२ बजेदेखि लागु हुने गरी ३० बुँदे निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिए।

बैठकले कुनै पनि प्रकारको सभा समारोह, आमसभा, जुलुस, भेला, हाटबजार गर्न माघ मसान्तसम्म रोक लगाएको छ।

२५ जनाभन्दा बढी भेला हुन नपाइनुका साथै होटेल तथा रेस्टुराँ बेलुका ९ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको छ। अरू निर्णय सरकारले जारी गरेकोलाई यथावत् राखेर सूचना जारी गरेको छ।

मेचीनगर–१४ दुहागढीमा निर्माणाधीन होल्डिङ छिट्टै सञ्चालनमा ल्याउन निर्देशन दिएको प्रजिअ रिजालले बताए।

‘भौतिक संरचना निर्माण अन्तिम चरणमा पुगिसकेको छ’, उनले भने, ‘कार्यविधि बनाएर सञ्चालनमा ल्याउनका लागि पहल सुरु गरेको छु।’​​
सीमानाकामा कडाइ, किनमेल गर्न जान रोक

जिल्लास्तरीय कोभिड–१९ संक्रमण व्यवस्थापन केन्द्रले काँकडभिट्टा र भद्रपुर नाकामा आउजाउमा कडाइ गर्न निर्देशन दिएको छ।

सोही निर्देशनबमोजिम सीमामा तैनाथ सुरक्षाकर्मीले दुवै नाकामा दैनिक उपभोग्य वस्तु खरिद गर्न भारत जाने नेपाली नागरिकलाई रोक लगाएको छ।

प्रशासनले अत्यावश्यक कामबाहेक भारत नजान पनि आग्रह गरेको छ। विशेष काम भएका व्यक्तिले अनिवार्य डबल मात्रा भएको खोप कार्ड देखाएर मात्र आउजाउ गर्न पाउनेछन्।

केही समयअघि नाका खुकुलो भएपछि नेपाली नागरिक भारतीय सीमावर्ती बजारमा दैनिक उपभोग्य वस्तु खरिद गर्नेको भीड लागेको थियो।

‘दैनिक उपभोग्य वस्तु किनमेल गर्न जानेको सङ्ख्या बढेकाले त्यसलाई रोकेका हौँ’, प्रमुख जिल्ला अधिकारी छवि रिजालले भने, ‘काम विशेष र भारतीय मजदुरलाई आउजाउमा प्रतिबन्ध लगाएका छैनौँ, खोप कार्ड देखाएर आउजाउ गर्न पाउँछन्।’

सुरक्षाकर्मीले भारतीय मजदुरलाई समेत रोक लगाएपछि नाकामा भारतीय पक्षले त्यसको विरोध गरेको थियो। भारतीय पक्षको विरोधपछि यहाँका सुरक्षाकर्मीले सहजीकरण गर्दै भारतीय मजदुरलाई प्रवेश गर्न दिएको हो।

उनीहरूलाई नेपालमै बसेर काम गर्न आग्रह गर्दै सम्बन्धी कम्पनीलाई पनि जानकारी गराउन अनुरोध गरेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भद्रपुरका इन्स्पेक्टर विभुराज दाहालले जानकारी दिए।

काँकडभिट्टा नाकामा पनि त्यही समस्या देखिएकाले त्यहाँ पनि भारतीय मजदुरलाई नेपालमै बसेर कामकाज गर्न आग्रह गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी सुनिल दाहालले जानकारी दिए।

अहिले दुवै सीमा नाकामा स्वास्थ्यकर्मी परिचालन गरी अनिवार्य खोप कार्ड, स्वास्थ्य परीक्षण र एन्टीजेन टेस्टलाई तीव्रता दिइएको छ।
मालपोत बन्द, नापीमा खोप कार्ड अनिवार्य

कर्मचारीलाई कोरोना संक्रमण भएपछि भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर एक साताका लागि बन्द गरिएको छ। मालपोतका निमित्त प्रमुख दीपेन्द्र खत्रीले सूचना जारी गरी माघ ६ देखि माघ १२ गतेसम्मका लागि आन्तरिक कामकाज बाहेक अन्य सेवा बन्द गरिएको जनाएका हुन्।

मालपोत कार्यालयका दुईजना कर्मचारी संक्रमित भएका छन् भने प्रायः सबै कर्मचारीलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको उनले बताए।

त्यस्तै जिल्ला नापी कार्यालय झापाले सेवा प्रवाहमा कडाइ गरेको छ। नापी कार्यालयका कर्मचारीमा कोरोनाको लक्षण देखिएकाले माघ ७ गतदेखि लागु हुने गरी नयाँ व्यवस्था मिलाइएको कार्यालयले जानकारी गराएको हो।

नापीमा दैनिक रूपमा पहिले आउने ५० जना सेवाग्राहीलाई मात्र नक्सा उपलब्ध गराउने जनाइएको छ।

यस्तै, फिल्ड रेखाङ्कनको राजस्व बुझ्न स्थगित गरिएको छ। कार्यालय प्रवेश गर्नलाई अनिवार्य खोप कार्ड हुनुपर्ने नियम लागु गरिएको छ। एकपटकमा २५ जनाभन्दा बढी सेवाग्राही कार्यालय हाताभित्र प्रवेश गर्न नपाइने नापीका प्रमुख अधिकृत दुर्गादास महर्जनले जानकारी दिए।​
हल्दिबारी मा अनिश्चितकालीन लकडाउन

जनजागृति माध्यमिक विद्यालयका शिक्षकसहित गोलधापका २१ जनामा संक्रमण देखिएपछि हल्दिबारी गाउँपालिका–१ नम्बर वडा कार्यालयले अनिश्चितकालीन लकडाउन घोषणा गरेको छ।

बुधबार गोलधाप स्वास्थ्यचौकीमा ६० जनाको परीक्षण गर्दा १३ पुरुष र ८ महिला गरी २१ जनालाई संक्रमण पुष्टि भएको थियो। त्यसमा जनजागृति माविका ६ जना शिक्षक रहेका छन्।

बिहीबार बसेको हल्दिबारी गाउँपालिका– १ को कोरोना रोकथाम नियन्त्रण समिति र सर्वदलीय बैठकले बिहीबारदेखि अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि लकडाउन घोषणा गरेको हो।

वडाध्यक्ष त्रिलोचन सापकोटाले जारी गरेको सूचनामा अत्यावश्यक कामबाहेक हिँडडुल गर्न रोक लगाउने, साप्ताहिक हाटबजार पूर्ण रूपमा बन्द गर्ने, स्थानीय व्यवसाय तथा वित्तीय कारोबारहरू स्वास्थ्य मापदण्ड अनिवार्य रूपमा अपनाई सेवा प्रदान गर्ने, ओमिक्रोनको लक्षण हुने र सङ्क्रमितहरूको कन्ट्याक्ट ट्रेसिङमा पर्नेहरूले प्रत्येक हप्ताको शुक्रबार गोलधाप स्वास्थ्यचौकीमा गई एन्टीजेन टेस्ट गराउने निर्णय गरिएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी बाढीले खोस्यो अनोजको जीवन, आमाको उपचार खर्च जुटाउने सपना पनि अधुरै

 विराटनगर , १९ भदौ । मोरङ बेलबारी नगरपालिका– ९ का २६ वर्षीय अनोज धमलाले चाहेजस्तो हुन्थ्यो भने, उनी यतिबेला कोरियामा हुन्थे । कोरियन भाषा परीक्षा

बाढीपीडितलाई मन्त्री सतपालजी महाराजको राहत सहयोग

काठमाडौँ , भदौ १९ । मानव धर्मका प्रणेता एवं भारतको उत्तराखण्ड प्रदेश सरकारका पर्यटनमन्त्री सतपालजी महाराजले भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकहरूको उद्धार तथा राहतका लागि

मन्दिरहरूमा भक्तजनको भीड, धार्मिक सदभावको सन्देश

दमक ,१९ भदौ । भगवान् श्रीकृष्णको जन्मोत्सव—श्रीकृष्ण जन्माष्टमी पर्व आज शुक्रबार देशभर भक्तिभावपूर्वक मनाइँदै छ। दमकका विभिन्न कृष्ण मन्दिर तथा धार्मिक स्थलहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको

भोटेकोशी बाढीको दशौँ दिन : जलविद्युत् आयोजनाका सुरुङमा खोजी अझै जारी

काठमाडौं , भदौ १९ । भोटेकोशीमा आएको विनाशकारी बाढीको दशौँ दिनसम्म पनि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी चुनौतीपूर्ण बनेको छ

विपद्मा नेपाललाई २९ देशको साथ, राहत र आर्थिक सहयोग जुट्यो

 काठमाडौं , भदौ १९ ।भोटेकोशी बाढीपछि नेपाललाई परेको विपद्मा हालसम्म २९ देशसहित ठूला अन्तराष्ट्रिय संस्थाहरूले साथ सहयोग गरेका छन् । केही मुलुकहरूले अत्यावश्यक मानवीय सहायता

राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा दर्शन र पूजा आराधना

काठमाडौँ,१९ भदौ ।श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवम् पूजाअर्चना गर्नु भएको छ ।