लायन्सले २ करोड खर्चेर दमक अस्पतालमा आईसीयु भवन बनाईदिँदै

दमक, माघ ४
लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ सी को विशेष अग्रसरता र दमकमा रहेका स्थानीय लायन्स क्लब तथा दमक नगरपालिकाको सहभागितामा दमकस्थित दमक अस्पतालमा सुविधासम्पन्न आइसीयु कक्ष निर्माण हुने भएको छ ।

 

लायान्स डिस्ट्रिक ३२५ सी का गभर्नर विकास अधिकारीका अनुसार लायन्स क्लब फाउण्डेसनले दमकका स्थानीय लायन्स क्लब तथा दमक नगरपालिका समेतको सहभागितामा निर्माण हुने आईसीयु कक्षकालागि बजेट छुट्याइदिएको  हो ।

 

अधिकारीका अनुसार फाउण्डेसनले संसार भरी नै आवश्यकताका आधारमा विभिन्न सेवाका कार्यका लागि सहयोग गर्ने गर्दछ । सोही आधारमा ३२५ सी को माग बमोजिम सहयोग गर्न फाउण्डेसन तयार भएको हो । दुई करोड रकम खर्र्चेर सो कक्ष निर्माण हुने भएको अधिकारीले जनाउनु भयो ।

 

दमकमा सरकारी अस्पताल भए पनि सुविधा सम्पन्न आईसीयुको अभावमा बिरामीलाई विराटनगर धरान तथा भद्रपुरसम्म पुग्ने झण्झटबाट आईसीयु निर्माणले मुक्त गराउने छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,