लायन्सले २ करोड खर्चेर दमक अस्पतालमा आईसीयु भवन बनाईदिँदै

दमक, माघ ४
लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ सी को विशेष अग्रसरता र दमकमा रहेका स्थानीय लायन्स क्लब तथा दमक नगरपालिकाको सहभागितामा दमकस्थित दमक अस्पतालमा सुविधासम्पन्न आइसीयु कक्ष निर्माण हुने भएको छ ।

 

लायान्स डिस्ट्रिक ३२५ सी का गभर्नर विकास अधिकारीका अनुसार लायन्स क्लब फाउण्डेसनले दमकका स्थानीय लायन्स क्लब तथा दमक नगरपालिका समेतको सहभागितामा निर्माण हुने आईसीयु कक्षकालागि बजेट छुट्याइदिएको  हो ।

 

अधिकारीका अनुसार फाउण्डेसनले संसार भरी नै आवश्यकताका आधारमा विभिन्न सेवाका कार्यका लागि सहयोग गर्ने गर्दछ । सोही आधारमा ३२५ सी को माग बमोजिम सहयोग गर्न फाउण्डेसन तयार भएको हो । दुई करोड रकम खर्र्चेर सो कक्ष निर्माण हुने भएको अधिकारीले जनाउनु भयो ।

 

दमकमा सरकारी अस्पताल भए पनि सुविधा सम्पन्न आईसीयुको अभावमा बिरामीलाई विराटनगर धरान तथा भद्रपुरसम्म पुग्ने झण्झटबाट आईसीयु निर्माणले मुक्त गराउने छ ।

Share: