पथरी नगर अस्पतालमा दन्त उपचार सेवा थप

पथरी, माघ ४
नगरवासीलाई स्वास्थ्य सेवामा ध्यान दिँदै आएको मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालय अन्तर्गत वाड नम्बर २ मा रहेको पथरी नगर अस्पतालमा आकस्मिक तथा नियमित दन्त उपचारको सेवा समेत थप भएको छ ।

 

शुक्रबार पथरी नगर अस्पताल परिसरमा आयोजित एक कार्यक्रमका बीच दन्त उपचार सेवा शुभारम्भ भएको हो । कार्यक्रम पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले दन्त सेवाको उद्घाटन गर्नुभयो ।

 

सो अस्पतालबाट २०७८ मंसिर १ गतेबाट विस्तारित स्वास्थ्य सेवा (इएचएस) मार्फत् प्रादेशिक अस्पताल मदन भण्डारी ट्रमा सेन्टरका विशेषज्ञ चिकित्सकहरुवाट हाडजोर्नी, फिजिसियन, स्त्री तथा प्रसुति रोग, बाल रोग, जेनेरल सर्जरी, छाला तथा यौन रोग, मानसिक तथा नशारोग, नाक कान घाँटी लगायत ७ वटा विशेषज्ञ सेवा सञ्चालन हुँदै आएको छ । फिजियोथेरापी सेवा, विराटनगर आँखा अस्पतालको सहकार्यमा आँखा सेवा लगायतका सेवाहरु उपलब्ध गराइरहेको नगर स्वास्थ्य शाखाका प्रमुख मुरारीप्रसाद आचार्यले जानकारी दिँदै दन्त चिकित्सा सेवा पनि थप संचालनमा ल्याइएको उल्लेख गर्नुभयो ।

 

कार्यक्रममा नगर उपप्रमुख देवीमाया काफ्ले, संविधानसभा सदस्य द्वय चण्डीप्रसाद राई र लालबहादुर सुस्लिङ मगर, नगरप्रवक्ता तथा वडा नम्बर ८ का वडाअध्यक्ष नवीन कार्की लगायतका वडाध्यक्ष, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत, पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, सामुदायिक विद्यालय व्यवस्थापन महासंघ पथरी शनिश्चरेका अध्यक्ष युवराज बास्कोटा, लगायत विभिन्न संघसंस्था तथा पार्टी प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,

गोरखा, बागलुङ र धादिङका प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

३०  असोज, काठमाडौं। सरकारले बाढी तथा पहिरोबाट प्रभावित गोरखा, बाग्लुङ र धादिङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको

‘सिद्धान्तहीन सरकारले कसरी जनताको पक्षमा काम गर्छ ?’ : कमला पन्त

काठमाडौं , असोज ३०। नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकारमा सैद्धान्तिक विचलन देखिएको आरोप लगाउनुभएको छ । उहाले सरकारसँग स्पष्ट

भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमै छलफल हुनुपर्छ : कांग्रेस

काठमाडौं,३० असोज। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमा छलफल गरेर मात्रै अघि बढाउनुपर्ने पार्टीको धारणा रहेको बताउनु भएको छ

धार्मिक विधिसहित खोकना जात्रा मनाइयो

ललितपुरको खोकनामा परम्परागत तथा ऐतिहासिक खोकना जात्रा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै मनाइएको छ । जात्रामा परम्परागत पूजा, धार्मिक अनुष्ठान तथा सांस्कृतिक गतिविधि