दमक/
अहिले दमकमा हरेक घरमा घुम्ने हो भने बिरामी नभएको घर भेट्उनै मुस्किल छ । अधिकांसलाई ज्वरो आएको छ । घाँटी दुखेको छ । शरिर दुखेको छ । सबै लक्षण कोरोनासँग मिल्दाजुल्दा छन् । कतीले कोरोना परिक्षण गराएर थप सर्तकताका साथ बसेका छन् भने कतीले बिना परिक्षण आफै औषधि सेवन गरेर बसेका छन् । अवस्था यस्तो भएपनि दमकका सार्वजनिक स्थानहरुमा भीड कम भएको छैन । जस्ले गर्दा कोरोनाको तेस्रो लहर ओमिक्रोनको जोखिम उच्च हुँदै गएको छ । दमकमा भइरहेको भीड र यसको नियन्त्रण गर्न नगरपालिकाले कस्तो निती बनाउँदै छ ? कोभिड बुटिको तेस्रो भाग अन्तर्गत सातौ श्रींखला यहि विषयमा केन्द्रित छ ।
दमक अस्पतालमा भीड थेगिनसक्नुको
दमक १ स्थित दमक अस्पताल सरकारी अस्पताल हो । यो अस्पताल दमक नगरपालिकाद्धारा सञ्चालीत अस्पताल हो । यसको सम्पूणर् व्यवस्थापन दमक नगरपालिकाले नै गर्ने गर्छ । झापाको माई पश्चिम सम्मका सबै पालिकाहरुको बिमाको पहिलाृ बिन्दुको अस्पताल यहि हो । त्यसैले यहाँ झापाको पश्चिमी , दक्षीण क्षेत्रका नागरिकहरु बढिमात्रामा सेवा लिने आउने गर्छ । यतीमात्र हैन । यो दमकको उत्तरी क्षेत्रका जिल्ला र पालिकाका नागरिकका लागि पनि सहज अस्पताल हो । पश्चिम तर्फका पालिकाका नागरिकले पनि यहाँबाट सेवा लिने गर्दछन् । त्यसैले यहाँ सेवाग्राहिको भीड अन्य अस्पतालमा भन्दा बढि हुने गर्छ ।यही भीडमा झापा शिवसताक्षी नगरपालिकाका जंगबहादुर रिमालपनि भेटिनु भयो । हातमा पुर्जा बोकेर डाक्टर भेट्ने लाईनमा उहाँ उभीनु भएको थियो । ठेलामठेल हुने गरिको भीडले उहाँलाई थप चीन्ता थपीरहेको थियो । एउटा रोगको उपचार गर्न आएको यहाँ आएपछि अर्कोपनिपो रोग सर्ने हो कि भन्नेबारेमा । भौतीक दुरी कायम नगराई अव्यवस्थित तरिकाले बसाईएको लाईनले उहाँसँगै अन्यपनि कोरोना सर्ने हो कि भन्ने डर थियो । डर मान्दै मान्दै लाईनमा नबसे आफ्नो पालो मिचिने पीरले यसरी बस्नु परेको दमक अस्पतालमा सेवा लिन आउने अन्य सहभागीहरुले बताएका छन् । भीड देख्दा फर्केर गइहालै जस्तो लाग्छ तर उपचार गर्न आएको रित्तै फर्कनुपनि कसरी मनमा डर राख्दै भएपनि बस्नुको विकल्पनै नभएको रिजालले सुनाउनु भयो ।
सब्जी मण्डीमा झन धेरै जोखिम , अधिकांशस ब्यापारीले मास्कनै लगाउँदैनन
यस्तै भीड दमकको मुख्य सब्जी मण्डीमा पनि देखिएको छ । यहाँ तरकारी किन्न आउनेहरुले बरु मास्क लागएको देखियो । तर बेच्नेहरुले पनि कुनै सावधानी अपनाइएका छैनन् । प्राय कोहि पनि पसलेले यहाँ मास्क लगाएका छैनन् । बजारमा आउने ग्राहक भन्दा पनि ब्यापारीका कारण कोरोनाको जोखिम बढेको प्रष्ट देख्न सकिन्छ । सब्जी मण्डीको पूर्वपट्टीको गेटबाट छिर्ने बित्तीकै आउने सब्जी पसल हेमन दाहालको रहेछ ।
उहाँलाई हामीले मास्क किन नलगाउनु भएको भनेर सोधेपछि हतार हतार मास्क झिकेर लगाउनु भयो । मास्क लगाउँदै भन्नु हुन्छ ‘ तरकारी पसलमा धुलो धेरै उड्छ , भीड हुन्छ , एकैछिनमा फोहोर भइहाल्छ , फेरेको फेरै गर्नु पर्ने झण्डझटले मास्क लगाएर बस्न अप्ठ्यारो हुन्छ । ’ मास्क लागउँदाको सास्तीका बारेमा बताउनु भएका दाहालले मास्क नलगाउँदाको जोखिमका बारेमा पनि जान्नु भएको चाहि रहेछ । तर काम गर्न अप्ठ्यारो हुने भएकोले नियमीत मास्क नलगाएको स्विकार गर्नु भयो ।
दाहालले मात्र होईन । यहाँ अधिकांस सब्जी ब्यापारीले मास्क लगाएका छैनन् । जसले गर्दा दमकको सब्जी मण्डी कोरोनाको अर्को उच्च जोखिम स्थल बन्न सक्ने देखिएको छ ।
भीड नियन्त्रण गर्ने मापदण्ड पालना गराउन कमजोर पालिका
यस्तो भीडभाड हुने स्थानका बारेमा यहाँ रहेको स्थानीय सरकारलाई थाह नभएको भने हैन । दमक अस्पताल , सब्जी मण्डी, सरकारी कार्यालय लगायतमा हरेक दिन भीड हुन्छ । तर भीड नियन्त्रण गर्ने खास योजना दमक नगरपालिकाले बनाउन सकेको छैन । नगर प्र्मुख रोमनाथ ओली भन्नु हुन्छ ‘कोरोनाको जोखिमको समयमा मास्क किन लगाउने, भौतीक दुरी कायम नगर्दा के हुन्छ भन्ने कुरा बिगत वर्षदेखीनै बुझाउँदै आएका छौ । आम नागरिकले यो कुरा बुझेका पनि छन् । तर जिम्मेवार भएर आफुले बुझेको कुरा व्यवहारमा पालना गराउन चाहि गाह्रो भइरहेको छ । ’ दण्ड , जरिवानाको व्यवस्था गरौ न त भन्नकालागि स्थानीय सरकारलाई त्यो अधिकार छैन । नगर प्रमुख ओलील नगरपालिका मार्फत मास्क लगाउने, भौतीक दुरी कामय गर्ने बारेमा निरन्तर सचेत गराउँदै आएको बताउँदै आफुले जानेको र बुझेका कुरामा अटेर नगर्न अपील गर्नु भएको छ । अटेरीपनले आफैलाई हानी गर्ने भन्दै महत्वपूणर् काम बाहेक बाहिर ननस्किन , भीडभाड नगर्न, बाहीर निस्कि हाल्नु परेमा अनीवार्य मास्क लगाउन , भौतीक दुरी कायम गर्न अनुरोध गर्नु भएको छ ।
भिडियो ।