प्रचण्डलाई भक्काको नौलो स्वाद

प्रचण्डद्वारा मोरङका १०६ वर्षीयसहितका ज्येष्ठ नागरिकलाई सम्मान

विराटनगर, माघ ५
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोरङको ग्रामथान २ झोराहाट आएर ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभएको छ ।

 

शुक्रबार साँझ मोरङ आइपुग्नु भएका प्रचण्डले ग्रामथान गाउँपालिकामा आयोजना हुने सभालाई सम्बोधन गर्ने क्रमसँगै सर्वाधिक ज्येष्ठ नागरिकलाई सम्मानित गर्नुभएको हो ।
उहाँले १०६ वर्षीय बखतबहादुर कार्की र पदमप्रसाद पौडेल, ९७ वर्षीय कुलदीप मण्डल, ८२ वर्षीय गंगादेवी लुइँटेल र ८० वर्षीय सिछाइ मुसहरलाई सम्मान व्यक्त गर्दै उहाँहरुको दीर्घ जीवनको कामना गर्नुभयो ।

 

सम्मानपछि बोल्दै अध्यक्ष प्रचण्डले अग्रजलाई सम्मान गर्ने परम्परा ह्रास हुँदै गएको परिवेशमा नव पुस्ताले उहाँहरुको मर्मलाई बुझ्‌न र सम्मान परिवेश अघि बढाउन आवश्यक रहेको बताउनु भयो । उहाँले ज्येष्ठ नागरिक जीवन्त इतिहास भएकाले उहाँहरुबाट समाज विकासका लागि हरेक क्षेत्रले प्रेरणा लिनुपर्ने बताउँदै भन्नुभयो ‘आजको पुस्ताले अग्रज पुस्ताबाट अनुभव र प्रेरणा लिएर समाजलाई गति दिनुपर्छ । अनि ज्येष्ठ नागरिकको सम्मान र सुरक्षाका लागि राज्य, समुदाय र परिवार संवेदनशील हुनुपर्छ ।’

 

 

साथै उहाँले शनिबार नै गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको अनुगमन गर्दै होटल एसियाटिकमा आयोजित एक कार्यक्रममा सहभागी हुने कार्यतालिका थियो ।

 

 

अध्यक्ष प्रचण्डले बिहान विराटनगरको ठूलोमिल चोकबाट तिनपैनी–जलजला चोक–अस्पताल चोक–जिल्ला प्रशासन कार्यालय क्षेत्रमा मर्निङ वाक गर्दै राजवंशी समुदायको भक्काको स्वाद लिएको समेत लिएको उल्लेख छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो