गाउँगाउँमा बढी संक्रमित

गाउँगाउँमा संक्रमण तीव्र

 

गोरखा — जिल्लामा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दो छ । दुई साताको अवधिमा जिल्लामा २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये १३ जना निको भएका छन् ।

जिल्लामा अहिले २ सय ८४ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी नवराज खड्काले बताए ।

स्वास्थ्य कार्यालयका अनुसार २ संक्रमितको मृत्यु भएको छ । पालुङ्टार नगरपालिका-२ की ६९ वर्षीया महिला र गोरखा नगरपालिकाका-११ का ४३ वर्षीय पुरुषको मृत्यु भएको उनले बताए । कोरोनाको तेस्रो लहरको फैलावट तीव्र देखिएको खड्काले बताए ।

‘संक्रमण गाउँसम्मै पुगेको छ,’ उनले भने, ‘भाइरस सक्रिय र छिटो फैलने स्वभावको छ । यस्तो बेला जनस्वास्थ्यको मापदण्ड पालनामा लापरबाही गर्न भएन ।’ जिल्लाका ११ वटै स्थानीय तहमा सक्रिय संक्रमण देखिएको छ ।

सबैभन्दा बढी गोरखा नगरपालिकामा १ सय ५८ सक्रिय संक्रमित छन् । दुर्गमको चुमनुव्री गाउँपालिकामा पनि शुक्रबार दुई जनामा संक्रमण पुष्टि भएको खड्काले बताए ।

शुक्रबार ७० जनाको एन्टिजेन गर्दा ३२ जनामा कोरोना संक्रमण देखियो । एन्टिजेन र पीसीआर दुवै विधिमार्फत कोरोना परीक्षण भएको कार्यालयले जनाएको छ । गाउँगाउँसम्म कोरोना पुगेको सहिद लखन गाउँपालिकाका स्वास्थ्य शाखाप्रमुख वीरेन्द्र श्रेष्ठले बताए ।

संक्रमण जोखिम बढेसँगै पहिलो र दोस्रो लहरमा स्थापना भएको पालिका र वडास्तरीय कोभिड-१९ प्रतिकार्य समितिलाई पनि सक्रिय बनाइएको उनले बताए । प्रतिकार्य समितिले होम आइसोलेसनमा बसेकाको निगरानी गर्ने, स्वास्थ्य समस्या देखिए कोरोना परीक्षणको व्यवस्था मिलाउने काम गर्दै आएको छ ।

‘२५ जनाभन्दा बढी भेला नहुने निर्देशन छ, प्रतिकार्य समूहले गाउँमा भोजभतेर वा कुनै कार्यमा पनि निगरानी गर्छ,’ श्रेष्ठले भने । संक्रमितको स्वास्थ्य अवस्था बुझेर जटिल भए स्वास्थ्य संस्थासम्म पुर्याउने गरी प्रतिकार्य समितिलाई सक्रिय बनाइएको उनले बताए । ‘मिल्दोजुल्दो लक्षण देखिए तत्काल कोरोना परीक्षण हुने गरी व्यवस्था मिलाएका छौँ,’ उनले भने ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीका बेपत्तालाई मृतकसरह कानुनी हैसियत दिन दुलालको माग

काठमाडौं ,७ असोज। नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले रसुवा भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता नागरिकलाई मृतकसरह कानुनी हैसियत दिन सरकारसँग माग गर्नुभयो। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा

नवनियुक्त कार्यकारी निर्देशकको सपथ,निष्ठापूर्वक काम गर्न निर्देशन

काठमाडौं,७ असोज । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पद तथा गोपनियताको सपथ लिनुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त

बाढीपीडित शिविरको सुरक्षाप्रति सांसद झाद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं ,७ असोज। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बालबालिका पर्याप्त रूपमा सुरक्षित नरहेको जानकारी आफूले पाएको बताउनु भएको छ

शीतल निवासमा राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता

काठमाडौ ,७ असोज। राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नु भएका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबीच शिष्टाचार भेट भएको छ । बुधबार बिहान राष्ट्रपति भवन

सम्बन्धलाई थप सुदृढ गर्दै द्विपक्षीय सहकार्यलाई अघि बढाउने दुबै मन्त्रीको जोड

काठमाडौं ,७ असोज। परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा बुधबार न्यूयोर्कमा भारतका विदेशमन्त्री डा. एस। जयशंकरसँग भेटवार्ता गर्नु भएको छ । भेटका क्रममा

चाडपर्वअघि राजमार्गको सुरक्षा अडिट गर्न सांसद गिरीको माग

काठमाडौं,७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद भरत गिरीले चाडपर्व नजिकिँदै गर्दा प्रमुख राजमार्गको अनिवार्य सुरक्षा अडिट गरी जोखिमयुक्त सडकमा तत्काल मर्मत तथा सुरक्षात्मक