वडाले व्यवसायिकतामा सघाउने

दमक ६ मा हेयर कटिङ र बारिस्ता तालिम

damak 6

दमक, माघ ८
दमक ६ नम्बर वडा कार्यालयले पुरुष तथा महिलाहरुलाई स्वदेशमै स्वरोजगार बन्न अभिप्रेरित गर्दै विभिन्न कार्यक्रम सञ्चालनको शिलशिलामा पछिल्लो समय २ वटा सीपमूलक तालिम सञ्चालन गरेको छ ।

 

वडाले प्रोफाइल युनिसेक्स सलुनको प्राविधिक सहयोगमा ४५ दिने आधारभूत हेयर कटिङ र ग्यारेज बारिस्ता स्कुलको प्राविधिक सहयोगमा कफि बनाउने बारिस्ता सम्बन्धीको १ महिने तालिम मंगलबार प्रारम्भ गरेको हो ।

 

उद्घाटन कार्यक्रममा ६ नम्बर वडाध्यक्ष टेकबहादुर थापाले सिकेको सीपलाई प्रयोग नगरेमा तालिममा लागेको खर्च फिर्ता लिनेसम्मको नीति बनाइएको जानकारी गराउँदै व्यवसायिक बन्नका लागि वडाले केही बीउ पुँजी समेत दिने र बजारीकरणमा सघाउने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा बारिस्ता स्कुलका छत्र विक्रम र प्रोफाइल युनिसेक्स सलुनकी प्रोप्राइटर लक्ष्मी शिवाकोटीले तालिमका सन्दर्भमा आफ्‌ना कुरा राख्दै तालिम प्रभावकारी रुपमा सञ्चालन गर्ने जनाउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधीन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाइते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन