दमक, माघ ९
तपाईँले याद गर्नु भएको छ, विवाह अघि दुब्लो पातलो मानिस पनि विवाहपछि मोटाउने गर्दछन् । अधिकांश विवाहितहरू विवाह अघिको दाँजोमा मोटोपन बढेको हुन्छ । तर किन ?
बिहेपछि अचानक मानिसको तौल वृद्धि हुनुमा खानपान र जीवनशैली प्रमुख कारण हो । विवाहित दम्पती अविवाहितको दाँजोमा राम्रो खाना खान्छन् ।विवाहअघि मानिसहरू विवाहितको जस्तो सन्तुलित र समयमा भोजन गर्दैनन् । तर विवाहपछि उनीहरूको भोजनको समय र खाने परिकार पनि बदलिन्छ । जसले बिस्तारै मोटोपन बढ्दै जान्छ ।साथै विवाहपछि मानिसको दौडधुप, खेलकुद, व्यायामको गतिविधि पनि कम हुन्छ । जसले उनीहरूमा तौल वृद्धि गराउँछ ।
अनुसन्धानकर्ताहरूले दाबी गरेका छन् कि विवाहपछि पुरुषको तौल बढ्न थाल्छ र मोटोपनाको सिकार बन्न थाल्छ । रोचक कुरा के छ भने विवाहपछि महिलाको तौलमा खासै परिवर्तन हुँदैन । यस अनुसन्धानमा पुरुषका बारेमा अन्य धेरै रोचक कुराहरू बताइएका छन् ।