नेपालमा मिचाहा प्रजातिका वनस्पति व्यापक, सबै पक्षलाई असर

michaha

दमक , माघ ९
नेपालमा मिचाहा प्रजातिका घाँस व्यापक फैलिएका छन् ,जसले मानवीय स्वास्थ्य, पर्यावरण र जैविक विवधतासम्मलाई असर पुर्‍याइरहेका छन्। जैविक विविधता जोगाउन छुट्याइएका संरक्षित क्षेत्रहरू नै मिचाहा प्रजातिको अतिक्रमणमा पर्दै छन्।

 

मिचाहाले वासस्थान मासिदिंदा संकटापन्न सूचीमा रहेका वन्यजन्तु थप संकटमा परिरहेका छन्।नेपालका संरक्षित क्षेत्र विश्वव्यापी रूपमै खतराको सूचीमा रहेका एकसिंगे गैंडा, बंगाल बाघ र एशियाली हात्ती आदि जन्तुका वासस्थान हुन्। यिनलाई जोगाउन मिचाहा वनस्पति चुनौती बनिरहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्य बताउनु हुन्छ । २० मध्ये १७ संरक्षित क्षेत्रमा २० वटासम्म मिचाहा प्रजाति प्रवेश गरिसकेका छन्।

 

विश्वकै सबैभन्दा आक्रामक मानिएका काँडे वनमारा, सेतो वनमारा, लहरे वनमारा र जलकुम्भी तराई र शिवालिक क्षेत्रमा पहिल्यैदेखि छन्। मिचाहा शुरूआती चरणमै छन्। बायोलोजिकल इन्भेजन्समा उल्लेख भए अनुसार कुल संरक्षित क्षेत्रमध्ये आठ वटाका ५० प्रतिशत भागमा मिचाहा फैलिइसकेका छन्। तराईका संरक्षित क्षेत्रमा मिचाहा प्रजातिको फैलावटबारे करीब दुई दशकदेखि बहस भइरहे पनि व्यवस्थित अध्ययन अझै भएको छैन।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित