उर्लाबारी, माघ ९
नेकपा माआवादी केन्द उर्लाबारीको दोश्रो नगर अधिवेशन यहि माघ १२ गते हुने भएको छ ।
उर्लाबारी ४ स्थित नेकपा माओवादी केन्द्र नगर कमिटीको कार्यालयमा बुधबार पत्रकार सम्मेलन गरी सो कुरा जानकारी गराइएको हो ।
उर्लाबारी ४ स्थित जय वशिष्ठ रिसोर्टस् प्रालिमा हुने दोश्रो नगर अधिवेशनको पार्टीका महासचिव देव गुरुङले सम्वोधन गर्ने नगर कमिटी अध्यक्ष गजेन्द्र दंगालले जानकारी गराउनु भयो ।