दमक, माघ १०
हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेर चिसो बढ्ने भएको छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको उल्लेख छ । कोशी सहितका तराइका धेरै भूभागहरूमा हुस्सु तथा कुहिरो लागेको छ । दिउँसो कोशीको हिमाली क्षेत्र र पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको छ ।
मधेस प्रदेशमा बिहान धेरै भूभागहरूमा हुस्सु तथा कुहिरो लागेको छ । लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना रहेको छ ।