दमकमा गुडिरहेको मोटरसाइकलमा कसरी भयो आगलागी ? सबै रमिते

दमक, माघ १०
झापाको दमकस्थित कृष्णमन्दिरमा बिहीबार दिउँसो गुडिरहेको मोटरसाइकलमा अचानक आगलागी भएर पूर्णरुपमा जल्न पुगेको छ ।

 

उर्लाबारीबाट दमक आउँदै गरेको अवस्थामा दमक २ का अन्दाजी ३२ वर्षीय निसान सिम्खडाले चलाएको बा.४५ प ५२८६ नम्बरको मोटरसाइकल आगो लागेर जलेको ट्राफिक प्रहरी कार्यालय दमकले जनाएको छ ।

 

घटनास्थलमा मानिसहरु रमिते भएर आगोले दन्दनी मोटरसाइकल जलेको हेरिरहेको, भिडियो खिचिरहेको तथा यातायातका साधनहरु पनि त्यसलाई खास चासो नदिएर गुडिरहेको दृष्यको भिडियो सामाजिक सञ्जालमा देखिन्छ । ट्राफिक प्रहरीले पनि पूर्वपश्चिम मुख्यसडकको व्यस्त क्षेत्रमामा मोटरसाइकल पूर्ण रुपमा जलिसकेपछि मात्र घटनाबारे थाहा पाएको थियो ।

 

सो घटनाका बारेमा इलाका प्रहरी कार्यालय दमकले अनुसन्धान अघि बढाएको छ । सो मोटरसाइकल गौरादहका अमिर बास्कोटाको रहेको थियो ।

Share: