दमक, माघ १३
झापाको दमक १० सेतुमारीको एकान्त गोठमा जूवा खेल्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मध्यरातमा सेतुमारीस्थित खेतमा टिनको छानो भएको वरिपरि घेराबारा नभएको खुला गोठमा जूवा खेलिरहेका अवस्थामा इलाका प्रहरी कार्यालय दमकको टोलीले उनीहरुलााई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा उर्लाबारी नगरपालिका ९ का चारजना, दमक १० का दुईजना र काठमाडौंका एकजना रहेको दमक प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट १६ थान कौडा र नगद १ लाख ७६ हजार ४९० रुपैयाँ बरामद भएको र उनीहरुमाथि आवश्यक कार्वाहीको लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।